तीजी गीत


पुरुष महिला भेदभाब छैन सबै जना समान 
आफुले नै आफुलाई कमजोर नठान 
सत्मार्गमा हिड चेली हामी साथ दिने छौ 
तिमलाई केहि दाग लागे हामी धुनें छौ 
नारीहरु देबता हुन यिनको इज्जत राख्नु छ 
नारी पुरुष मिलेर नै सृष्टी रचिन्छ 

हिजो थियो ठुलो खाडल पुरुष र नारी बिच 
यस्तो खाडल रहून्जेल हुन्न कसैको हित  
जागौ नारी पुरुष अब काधमा काध जोडेर 
अन्धकारको खाडललाई आफै पुरेर 
महिला पनि सक्छन आज प्रधानमन्त्री बन्नलाई 
पुरुषलेनी सक्छन फेरी घर धान्नलाई 
                                                                -नेत्र प्रसाद शर्मा "नबनेत्र"

चुलबुले रहिछेऊ तिमी बाग्लुंगकी नानी

चुलबुले रहिछेऊ तिमी बाग्लुंगकी नानी
हेर्दा सानी रहिछेऊ नानी माया लाग्दो बानी 
सुन्दरताले भरिपूर्ण सौन्दर्यकी खानी 
सोच बिचार गरी हिड यो उमेरमा तिमी
चुलबुले रहिछेऊ तिमी बाग्लुंगकी नानी

पुतलीको जस्तो रहिछ डुली हिड्ने बानी
बत्ती नजिक नजाऊ नानी चमक रहिछ भनी 
पखेटा तिम्रा जल्लान अनी बसौली अपांग बनी 
चिरचिर बोल्ने रहिछेऊ तिमी बाग्लुंगकी नानी

भमराको जस्तो स्वभाब स्वाद चाख्दै हिड्नी
साझ पख बन्द हुने कमल फुलको बानी 
नजानु नि कमल फूलमा सूर्यास्त पारी 
चन्चले स्वभाबकी बाग्लुंगकी नानी

सोच्दिरहिछेउ तिमी चलाख काग जस्तै बनी
चलाख बन्दा कागले सधै खान्छ रछान पनि
बन्दा चलाख खान्छ उसले बिष कहिले काही
अति चलाख सोच्दी रहिछेऊ बाग्लुंगकी नानी
चुलबुले रहिछेऊ तिमी बाग्लुंगकी नानी
                       -नेत्र प्रसाद शर्मा "नबनेत्र
"

हजूर म त आज अचम्मित भैरहेको छू

हजूर म त आज अचम्मित भैरहेको छू 
आफुले आफैलाई कहिले कही त सोध्दै छू
यो कुन जमना अनी म कहा भुल्दै छू 
आज कुरो अचम्मैको सुन्दै छू 
 
आज बाहुनहरुलाई डाउन हुनै पर्ने अरे
गाउको मनोज आज माइकल भयको छ रे 
ब्वाई फ्रेण्ड र गल फ्रेण्ड हुनै पर्ने अरे
सुन्तलीको नाम आज मिसेल भयको छ रे 
पाच कक्षा पढ्ने केटाको आज मिससंग लब पर्यो अरे
स्कुल पढ्ने केटीको नोटबुक सबै प्रेम-पत्रले भरियको छ रे 

 बिरामी हेर्न बसेको डाक्टर नर्सको दिलमा पसेको छ रे 
आज नर्सको जिन्दगी हजूर डाक्टरको जालमा फसेको छ रे
उपचार त के को गर्थ्यो र हजूर
नर्सलाइ फसाउन मै उसको दिमाग गयको छ रे  
केटा देख्यो की रिसाई हाल्ने
तर केटिको त सबै उपचार जानेको छ रे 

कलाकार पनि त्यस्तै हजूर केटी बिना गीत गाउदैनन  अरे 
त्यसैले होला कही कतै  केटीकै  लागी रेस्टुरेंट फोर्छन अरे 

नेता पनि उस्तै हजूर दुई जिब्रोले धनि छन रे 
जनतासंग यक थोक बोल्ने भित्री कुरो खोल्दैनन रे 
सबै जाती धर्म यकै भाषणमा  भन्छन अरे 
भित्र भित्रै जातियतामा देशलाई टुक्रा पर्दे छन रे
            देशलाई टुक्रा पर्दे छन रे 
                                           -नेत्र प्रसाद शर्मा "नबनेत्र"

प्रेमको जालमा फसेपछि..............

म यक अबिबाहित नेपाली युबक हु पेशाले स्वास्थ्य क्षेत्रमा काम गर्छु । हाल कामको शिलशिलामा म भारतको कुनै यक होटेलमा कार्यरत छू र म संगै काम गर्ने यक जना पाकिस्तानी बिबाहित युबती पनि छिन।  प्राय: हाम्रो काम गर्ने, खाना खाने, हिड्ने र अफिसको समय सबै संगै नै हुन्छ। हामी यति सम्म नजिक भैसकेका छौकी यकले अर्कालाई नदेखेको दिन खानासम्म खादैनौ
 म आफै नै भन्न सक्दिन की कसरी म उनी प्रति र उनी म प्रति यति सम्म नजिक हुन पुग्यौ भनेर तर सयोग भनौ या के उनी यौटा पुर्खौली रोगले पीड़ित रहिछन त्यसैले गर्दा म उनको कोठामा उपचारको लागी गईराख्नु पर्छ। सायद यसैबाट यक-आपसमा नजिकिन पुग्यौ जस्तो लाग्छ। अहिले उनी र उनका केटी साथिहरुको कुराको पछि लगेर लगभग म आफु नै नेपाली होइनकी जस्तो आभास् गर्न थालेको छू; यदि भोली गयर उनिसंग मेरो बिहे नहुने भयो भने मेरो भबिस्य पक्कै पनि अंधकारमय हुने छ।  फेरी यदि  बिहे भैहांल्यो भने पनि उनी पाकिस्तानी फेरी म नेपाली की त उनले उनको परिबार सारा बिर्सिनु पर्ने हुन्छ कित मैले नेपाल नै बिर्सिनु पर्ने हुन्छ; त्यसमा पनि उनी बिबाहित त्यहाको सस्कृति कस्तो छ नमिलने पो होकी? कति बेला त आफै सोच्न बिबस हुन्छु तर प्रेमको जालमा परेपछि अब छुटियर बस्न साह्रै नै कठिन छ।  

नेपाली राजदूत र माल्दिभ्समा कार्यरत नेपालीहरु बिच अन्तरक्रिया 
२४ अगस्ट २०१०/माल्दिभ्स/ बैदेशिक रोजगारीका शिलशिलामा माल्दिभ्समा कार्यरत नेपालीहरु र श्रीलंकाका लागी नेपाली राजदूत श्री शुशिलचन्द्र अमात्य बिच माल्दिभ्सको राजधानी मालेमा  अन्तरक्रिया कार्यक्रम सम्पन्न भयको छ।  जून कर्यक्रममा माल्दिभ्समा संगठित नेपालीहरुको यकमात्र सस्था नेपाल-माल्दिभ्स मैत्री समाजका पदाधिकारीहरुको उपस्थिति थियो। 

कार्यक्रममा समाजका सचिब श्री रघुनाथ भट्टराइले समाज २०६२ सालमा स्थापना भय पनी हालसम्म कुनै आधिकारिक बन्न नसकेको र आफुहरूले पूर्ब राजदूतसंग सस्थाको आधिकारिकताको बारेमा पहल गरिदिन अनुरोध गरिसकेको जानकारी दिनुभायको थियो भने  समाजका कोषाध्क्ष श्री कुलचन्द्र वस्तीले अहिले सम्म आफुहरुको समस्याको सुनुवाई गरिदिने निकायकोबारेमा आफुहरू अझै अस्पस्ट 
रहेको र सस्था आधिकारिक नबन्दासम्म नेपालिहरुलाई समेत बिस्वास दिलाउन कठिन हुने गरेको  बताउनु भयको थियो। समाजका सल्लाहकार श्री चित्रराज पौडेलले माल्दिभ्समा नेपाली कामदारहरुको आगमन तथा अनुभब सुनाउनु भयको थियो।  त्यसै गरी समाजका सह
-सचिब श्री नेत्र प्रशाद शर्मा चापागाईंले माल्दिभ्समा नेपालीहरूले झेल्नु परेका समस्याहरू तथा नेपालीहरु आफैमा ठगिने गरेको बताउनु भयको थियो। साथै हालैका दिनमा आयर यहाँ आउने महिला कामदारहरुको संख्या अति नै बढेको र उनीहरूले भोग्नु परेका समस्या तथा शोषण र फैलिदै गईरहेका बिकृतिहरुको बारेमा जानकारी गराउनु भयको थियो।
राजदूत श्री शुशीलचन्द्र अमात्यले आफुले माल्दिभ्समा नेपालीहरूले झेल्नु परेका समस्या तथा सस्थाको आधिकारिकताको बारेमा पहल गर्नको लागी नेपाल सरकार समक्ष अनुरोध गरिदिने बताउनु भयो। साथै उहाले कोलोम्बो - काठमान्डू रूटको हवाई सेवा बिस्तारको लागी पहिले नै दुइ देशका सरकार बिच कुरा भैसकेको जानकारी गराउनु भयको थियो।

सन्काह नारीको स्वार्थी प्रेम

कति हुन्छन् नारिहरू स्वार्थी भनेर साध्य नहुने
जती नै चाहर्दै हिडेपनी यिनीहरु जिबनमा कहिल्यै नथाक्ने

जसलाई देख्यो जून ठाउमा नजरले उसैलाई प्रेमी बनाउने
जब जब फसिन्छन जालमा यिनीहरु सारा संसार भुल्दिने

बनाउछन ब्वाई फ्रेंड केटीहरूले जहा केटा भेटेनी
भन्छन अनी उसलाई कति सजिलै नाता टुट्दैन घाटी रेटेनी

घुम्दै जादा भेटिंछ जब अर्कै कुनै भुसतिघ्रे सम्बन्ध अघि बढाउने
फेरी २-४ महीना ती नारी उसैसंग नै रमाउने

कति क्षेणीक सोचाइ नारीको नौनी जस्तै पग्लिने
प्रेमीको लहै लहैमा लागी जोसंग पनि संकिने
                                             -नेत्र प्रसाद शर्मा "नबनेत्र"

प्रभु यो नेपाल लाइ बचाउनु नै परेको छ 

जसरी भय पनि प्रभु यो नेपाललाइ बचाउनु नै परेको छ, 
कसैलाई के को चिन्ता, कसैलाई के को चिन्ता
मलाई त कतै राष्ट्रीयता नै नरहने पो होकी शंका बढेको छ

दुई बर्षमा संबिधान लेखन पठायका सभासद तिन बर्षेमा परेको छ, 
देशको अर्थतंत्र त हजूर दिन दिन ताल गयको छ

पहिले थीय २०५ मात्र अहिले त ६०१ साढ़ेलाई पाल्नु परेको छ 
तिनै साढ़ेहरुको जुधाईले हजूर देश नै भित्र भित्रै गलेको छ.
 
महंगीको त कुरै नगरौ, आज सगरमाथा चुमेको छ,
सारा नेताहरूलाई त हजूर त्यही बालुवाटार रुचेको छ

के छ त्यों कुर्चिमा त्यस्तो सुगंध सबैलाइ बस्नै पर्ने अरे,
भोट हाल्ने बेलामा पो जनता अहिले त सबै बिराना भैसके रे

बालुवाटार प्रबेश गर्न कै लागी  कैयौ बिदेशीलाइ भेटीसके अरे 
अनी आफ्नै सहयात्रीलाइ समेत लगाम लगाईं सके अरे

प्रधानमंत्री रोज्दा रोज्दै आज धेरै नेता थाकीसके अरे 
की प्रधानमन्त्री बन्ने नेता छैन यहा जनताले सोच्न थालिसके रे

त्यसैले अब नेताहरु यो देशलाई पशुपतिको जिम्मा लगाइदेउ 
अनी त्यों बलुवाटारको कुर्चिलाई हजूर बागमतिमा बगाइदेउ

                                                    -नेत्र प्रसाद शर्मा "नबनेत्र"

बिर्सिन्छन नेपालीपन बिदेशीको साथ पायपछी
 

 प्रायजसो सबैलाई आफ्नो मातृ-भुमि प्रति प्रगाढ माया हुन्छ अनि आफु र आफ्नो देशलाई गौरबांबित ठानिरहेको हुन्छ तर कहिकतै अपवादको रुपमा यस्तो पनि हुदोरहेछ कि कुनै केटाले बिदेशी केटीको साथ र केटीले बिदेशी केटाको साथ पायपछी आफ्नो देश प्रति कुनै सम्बन्ध नभयको भन्न पनि पछी पर्दारहेनछन।  साच्चिनै भन्नु पर्दा यो जस्तो जघन्य अपराध केहि पनि हुन् सक्दैन।  भनिन्छ "जोसको बेलामा होस् हुदैन" हुन त यो जवानी भन्ने शब्द नै जोसले भरियको हुन्छ त्यसैले त कहिकतै देश भित्रै पनि आफ्नो बाबु-आमा र आफन्तलाई समेत नचिनेको बयान केटीहरुले सम्मानित अदालत समक्ष दिइसकेका छन। 

हालै मात्र यहा कार्यरत यकजना नेपालि नारीलाई नारीको अस्मितालाई चिनेर नेपालको इज्जतमा पनि ख्याल राख्ने सल्लाह दिदा यस्तै किसिमको ओठे जवाफ सुन्नमा आयको थियो।  यक नेपालीको नाताले कुनै बिदेशीको जालमा नफस्न सल्लाह दिदा आफ्नो नेपाल र नेपालि प्रति कुनै सम्बन्ध नभयको भन्ने जबाफ दियकी थिइन।  हुन त विदेशमा आउने जो कोहि केटा-केटिहरु अबुझ हुदैनन् तर विदेशको हावाले छोय पछी पुतलीले रंग फेरे जस्तै आफ्नो रहन-सहनमा परिबर्तन गर्न पुग्दारहेछन र आफुलाई नेपालि भन्न पनि मन पराउदारहेनछन्। 

मान्छेको जवानीको समय भनेको सबैभन्दा महत्वपुर्ण र क्रियाशील समय हो तर यो समयलाई चिन्न नसक्दा कयौ केटा-केटीहरु बाकी जीवनभर रोयर बिताउन बाध्य हुने गर्दछन।  त्यसैले आफु र आफ्नो मातृभुमिलाइ चिनाउने समय कसैको फन्दामा परेर वा आफ्नो क्षणिक सोचाइमा लागेर व्यर्थमा खेर फाल्नु हुदैन त्यसैले जहा जस्तो अबस्थामा जोकोहीले पनि "जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी" भन्ने उद्गारलाइ नबिर्सौ।
                              -नेत्र प्रसाद शर्मा "नबनेत्र"

पिपलपाते बन्दा ठगिन्छन केटीहरु बिदेशमा


झ्याप्प केटीहरुलाई पिपलपाते भन्दा रिस उठ्न सक्छ तर पिपलपाते ओठ भयकी भन्दा त मख्खै पर्ने गर्दछन. सच्चि नै भन्नुपर्दा अधिकांस केटीहरु पिपलपाते हुने गर्दछन, सानो हावा चल्यो कि हल्लिन थाल्ने यसको मतलब सानो आस्वासन पायो कि त्यो नै सर्वस्व ठान्ने. त्यसैले गर्दा आजभोली दिन प्रति दिन संचार माध्यममा पनि सुनीइ राखेको र देखि राखेको कुरा हो; कैयौ केटीहरु दलालको सानो आस्वासनमा परेर विदेश तथा स्वदेशका कोठीहरूमा बेचियको तथा कैयौ केटीहरु रोजगारीको शिलशिलामा बिदेशमा आफ्नो भाबि जिन्दगि (भबिस्य) लाइ सुखमय बनाउने सपना मनमा बुनेर भित्रिने अनि आफ्नो घरपरिवार, समाज, देश र आफ्नो इज्जत समेत ख्याल नगरेर त्यहास्थित स्वदेशी तथा विदेशीका झिना मसिना आस्वासन देखेर बैबाहिक सम्बन्ध सम्म जोड्ने गरेको पाइन्छ. १-२ बर्ष मस्ती गरेर केटाले घर न घाटको बनायर छाडिदियपछी केटीहरु बिहाल अबस्थामा विदेशस्थित नेपाली संघसस्था तथा नेपालीहरुसंग सरण पर्ने गरेका घटनाहरु छरपस्तै सुनिने गरेको छ.
यस्ता घटना घट्ने क्रममा माल्दिभ्समा रहेका महिलाहरु पनि अछुतो रहेनन्. यहाको महिला कामदारको इतिहासलाई हेर्दा केहि बर्ष पहिले यक जना यमुना (नाम परिबर्तन) नामकी केटीले आफूसंगै काम गर्ने याकजना बंगलादेशी नागरिकसंग प्रेम सम्बन्ध राखी उसैको गर्भाधारण गरि उसैसंग बिहे गरि बंगलादेश गयकी र यातना सहन नसकी पुन फर्कियाकी थिइन्; त्यस्तै अर्की यक जना रोजा (नाम परिबर्तन) नामकी केटीले यहिको स्थानीय नागरिकसंग बिहे गरि भारतको केरलाबाट केटालाई नै झन्डै ५ हजार डलर ठगि गरी फरार भयकी थिइन् भने गत साल मात्रै यक जना नेपालि केटाले बिहे गरेको बहाना बनाइ बनिता (नाम परिबर्तन) नामकी केटीको झन्डै २ हजार डलर लगि छुट्टीमा नेपाल गइ सम्पर्क बिहिन भयका थिय. भने कैयौले आफु थगीयका कुरा भन्न लाज मान्ने गरेको पाइन्छ. यदि यस्तो पर्बृति रहिरहने हों र महिलाको सोचमा परिबर्तन नहुने हों भने भने बिदेश स्थित नेपाली महिलाहरूले भाबिस्यमा अझ धेरै समस्या झेल्नु पर्ने हुन्छ.
                                         -नेत्र प्रसाद शर्मा "नबनेत्र"

नबेच बुद्दलाई

आज भोलि बिर्सिदै छौ रे नेपाल देशलाई
सङ्गत छ रे विदेशीसंग, मान्छौ रे उसैलाई

बोलीचालीको भाषा नि फेरी छिमेकी हुन्छ रे
जति बेलानि जे गर्दा  पनि मनैमा डुल्छ  रे

कसैले उसलाई नराम्रो भने तिम्रो मन रुन्छ रे
उसैको गुनगान गाइदीय हुन्थ्यो सबैले भन्छौ रे

जे भय पनि जे गरे पनि नबिर्स देशलाई
जोगाइ राख्नु पर्छ है हाम्रो त्यो राम्रो सस्कारलाइ

जे जस्तो लाग्छ मनमा तिम्रो भन्देउ है सबैलाई
दोधारे कुरा गरेर तिमि नबेच बुद्दलाई
             -नेत्र प्रसाद शर्मा "नबनेत्र"

बिदाइ कार्यक्रम सम्पन्न

जुन २५ तारिखका दिन नेपाल -माल्दिभ्स मैत्री समाजले यक कार्यक्रमको आयोजना गरि माल्दिभ्समा लामो समयबाट कार्यरत तथा नेपाल मैत्री समाजले प्रकाशनमा ल्यायको स्मारिका २०६७ का सह-सम्पादक श्री देबेन्द्र चालिसेको बिदाइ गरेको छ. कार्यक्रममा उहाको उज्वल भबिस्यको कामना गर्नुका साथै उहाले गर्नुभयको समाज प्रतिको कार्यको उच्च मुल्यांकन गर्दै यौटा सानो मायाको चिनो प्रदान गरियको थियो.

नेत्र प्रसाद शर्मा
माल्दिभ्स

माल्दिभ्समा नबबर्षको उपलक्ष्यमा पिकनिक तथा स्मारिका बिमोचन कार्यक्रम संम्पन्न
१७ अप्रिल २०१०/ नेपाल-माल्दिभ्स मैत्री समाजले १६ अप्रिल २०१० का दिन  नबबर्ष २०६७ को पाबन अबसरमा यक भब्य पिकनिक कार्यक्रम सम्पन्न गरेको छ. कार्यक्रम समाजका कार्यबहाक अध्यक्ष श्री होम बहादुर गुरुङको अध्यक्षता  माल्दिभ्सको राजधानी मालेबाट १ घण्टा १५ मिनेटको दुरीमा अबस्थित बडोहुरा आइल्याण्डमा सम्पन्न गरियको थियो. कार्यक्रममा रोजगारीका लागि माल्दिभ्समा रहनुभायका झन्डै १२२ जना नेपाली दाजु-भाइ तथा दिदि-बहिनीहरुको सहभागिता थियो. राजधानी मालेबाट पिकनिक स्थल जान-आउनको लागि २ ओटा डोनीहरु रिजर्भ गरियको थियो  कार्यक्रममा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न गरियको थियो जसमा नेपाली गेष्ट हाउस टिम, नेपाल मैत्री टिम र स्टार टिम गरि ३ टिमको सहभागिता थियो भने पहिलो खेलमा स्टार टिमलाई हराउदै नेपाल मैत्री टिम फाइनलमा प्रवेश गरेको थियो. नेपाली गेष्ट हाउस टिमले नेपाल मैत्री टिमलाई फाइनलमा हराउदै च्याम्पियनसिप बन्न सफल भयको थियो भने नेपाल मैत्री टिम फस्ट रनारमा नै चित्त बुझाउन पुगेको थियो।  बिजयी टिमहरुलाई समाजका सह-सचिब श्री नेत्र प्रसाद शर्मा र भूबन गुरुङ ले पुरस्कार वितरण गर्नुभयको थियो. कार्यक्रममा शिव रेग्मी र शान्ता परियारले लोक दोहोरि प्रस्तुत गरेका गर्नुभयको थियो
नेपाल  -माल्दिभ्स मैत्री समाजको स्मारिका अङ्क ३ को बिमोचन माल्दिभ्समा लामो समयबाट रोजगारी गर्दै आउनुभयका जेष्ठ नेपाली श्री भूबन गुरुङले गर्नु भयको थियो. कार्यक्रममा युनिटी लाइफबाट माल्दिभ्समा आउनुभयका श्री शुशील पुनले सम्पूर्ण माल्दिभ्समा रहनुभयका  नेपालीहरुमा नबबर्षको शुभ कामना दिनुभयको थियो. समाजका कोषाध्यक्ष श्री  कुलचन्द्र वस्तीले उपस्थित सम्पूर्णमा धन्यबाद तथा शुभकामना दिनुभयको थियो। 
कार्यक्रमको संचालन समाजका सचिब श्री रघु भट्टराइले गर्नुभयको थियो। 
नेत्र प्रसाद शर्मा
माल्दिभ्स

यौनलीला गर्दागर्दै पक्राऊ
 
९ मार्च, माल्दिभ्स/ प्रत्येक शुक्रबारको दिन प्राय माल्दिभ्सको राजधानी मालेमा डोमेस्टिक सर्भरकोको रुपमा काम गर्ने दिदि-बहिनिहरूलाइ छुट्टी दिने गरेको पाइन्छ भने यो मुस्लिम देश भयकोले गर्दा अन्य केहि कंपनीहरुले पनि प्राय शुक्रबार नै छुट्टी दिने गरेको पाइन्छ त्यसैले होला यो दिन लगभग यहाका पार्कहरुमा कुनै मेला नै लागेजस्तो देखिन्छ. तर बिडम्बना नै भन्नु पर्ला यही मार्च १९ का दिन छुट्टीको  मौक़ा परेर १ जोड़ी नेपाली केटा-केटीहरु यहाको आर्टिफ़िसिअल पार्कमा यौनलीला गर्दा गर्दै यहाको पुलिसले  पक्रियको  खबर  सुन्नमा आयको छ.
यसरी घरबाट लाखौ रकम खर्चेर पैसा कमाउने उदेश्यले बिदेशियका केटा-केटीहरु यस्तै मस्तिमा लाग्दै जाने हों भने भोलीको भबिस्य के होला सबैले सोच्नुपर्ने बेला आयको छ.

भुतपुर्ब प्रधानमन्त्रि तथा नेपाली कांग्रेसका सभापति स्वर्गीय श्री गिरिजा प्रसाद कोइराला प्रति हार्दिक श्रदान्जली 
20 मार्च/ जीबनको सम्पूर्ण समय राजनीतिमा सुम्पेर देशमा भयका जहानिया शासन, निरंकुसतंत्र, राजतंत्र जस्ता जनहित बिपरीत शासनको अन्त्य गर्न तथा देशमा चलेको १२ बर्षे गृहयुद्दको अन्त्य गरी देशमा लोकतांत्रिक गणतंत्रको स्थापना गर्नमा अग्रणी भूमिका निर्बाह गर्नुभयका महान नेता, शिखरपुरुष तथा महानयौद्दा स्वर्गीय श्री गिरिजा प्रसाद कोइरालाको निधनले देशलाई यौटा अतुलनीय क्षति भयको छ उहामा भयको निडरताले गर्दा नै बेलाबेलामा देशमा आइपरेका संकटको समाधान गर्नमा ठुलो भूमिका खेलिरहेको थियो त्यसैले आजको यो दिनमा हामीले उहाप्रती शोक मनाउदैमा वा श्रदान्जली ब्यक्त गर्दैमा हामी नेपालीको जिम्मेबारी पूरा हुदैन उहाको अन्तिम चाहना देशमा जनसंबिधान र शान्तिको प्रत्याभूति हुनु हों त्यसैले संपूर्णले मेलमिलापको बाटो अबलंबन गरेर देशलाई सही निकास दिनु नै उहाप्रतिको श्रदान्जली हों भन्दै उहाको मृत-आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति समबेदना प्रकट गर्दछौ
-नेत्र प्रसाद शर्मा
सह-सचिब तथा नेपाल-माल्दिभ्स मैत्री समाज माल्दिभ्स

८ महिनाकी गर्भवती दूतावासको शरणमा
होम कार्की

काठमाडौ, फाल्गुन २१ -  घरेलु कामदारमा साउदी अरब पुगेकी एक महिला आठ महिनाको गर्भ बोकेर नेपाली दूतावासको शरणमा पुगेकी छन् । उनी दुई वर्षअघि साउदी पुगेकी थिइन् । गर्भ बढ्दै गएपछि घर मालिकले निकालेपछि रिना श्रेष्ठ (नाम परिवर्तन) सुरक्षा खोज्दै रियादस्थित दूतावासको शरणमा पुगेकी हुन् ।

'यो अहिलेसम्मकै निकै जटिल समस्या हो,' दूतावासका प्रथम सचिव खड्गप्रसाद दाहालले कान्तिपुरसँग टेलिफोनमा भने, 'उनलाई समयमै स्वदेश पठाउन दूतावासले साउदी सरकारलाई आग्रह गरेको छ ।'

गैरकानुनी रूपमा रहेकी ती महिला स्वदेश फिर्नुअघि 'डिर्पोटेसन सेन्टर' मा बस्नुपर्छ । 'जेलको बसाइ अनिश्चित हुन्छ,' उनले भने, 'त्यसकारण शिशु जन्मिने समयभित्र स्वदेश फिराइसक्नुपर्छ ।' ती महिलले साउदीमै बच्चा जन्माए अनधिकृत रूपमा गर्भधारण गरेको अभियोगमा बच्चासहित जेल बस्नुपर्छ । आफू कार्यरत घरमालिक्नीको भाइको जबर्जस्तीकरणीबाट गर्भ बस्न गएको पीडित महिलाले बताइन् ।

'त्यस घर छाडेर प्रहरीमा पुगेकी रहिछिन्, प्रहरीले अर्को घरमा काम गर्न पठाइदिएछ,' दाहालले भने, 'दोस्रोपटक कार्यरत घर मालिकले गर्भ रहेको जानकारी पाएपछि निकालिदिएको हो ।'

त्यस्तै, संयुक्त अरब इमिरेटस् (यूएई) मा पुगेकी झापाकी ३१ वर्षीया रीता (नाम परिवर्तन) घरमा थुनेर राखेको ४० दिनपछि छतबाट हामफालेर बुधबार नेपाली दूतावासको शरणमा पुगेकी छन् । 'मसँगै १२ जना नेपाली महिलालाई थुनेर राखेको थियो । सात जनालाई ओमन पठाए, अरू त्यहीँ छन्,' उनले फोनमा कान्तिपुरलाई भनिन्, 'ज्यान जोखिममा पारी हाम फालेर उम्किएँ ।'

उनी वैदेशिक रोजगार विभागको श्रमस्वीकृति लिएर लुली सुपरमार्केटमा काम गर्न म्यानपावरमार्फत गएकी थिइन् । त्यहाँ पुगेपछि उनलाई घरको काममा लगाइएको थियो ।

यसैबीच, साउदी पुगेका २४ पुरुष कामदार कम्पनी नभेट्टाएर एक महिनादेखि अलपत्र परेका छन् । माघ २२ गते अन्हर हुसेन सुपरमाकेटमा गएका सप्तरी र धनुषाका कामदार अलपत्र परेका हुन् । 'हामीले अहिलेसम्म भनेको कम्पनी र काम पाएका छैनौं,' मोहमद मुमताज हुसेनले फोनमा भने, 'खानबस्न समस्या छ । म्यानपावर र मालिकलाई गुनासो कसैले वास्ता गर्दैनन् ।'

उनीहरूले एक लाख पाँच हजार रुपैयाँ तिरेर काठमाडौं नख्खुस्थित स्टार रे ओभरसिज्बाट गएको बताए । 'कम्पनीको प्रोजेक्ट सुरु नभएर काममा लगाइएको छैन । त्यस कम्पनीलाई ५० जना चाहिनेमा हामीले ३० जना मात्रै पठाएका थियौ । बाँकी बंगलादेशबाट गएपछि कम्पनीलाई आवश्यक कामदार पुग्छ,'  स्टार रेका प्रमुख रमेश बताउने भगिराथ राईले कान्तिपुरलाई भने, 'बुधबारदेखि काम सुरु हुन्छ । उनीहरूले काममा नलगाए पनि गएको समयदेखि नै तलब भने पाउँछन् ।'

राईले उनीहरूलाई ट्रली र क्लिनरको काम गर्न मासिक ६ सय रियाल (१२ हजार रुपैयाँ) पाउने गरी स्पष्ट भनेर पठाएको बताए ।   
(ईकान्तिपुर)

   स्वार्थी प्रेमीको प्रेम कथा
धन कमाउन हिड्छ प्रदेश साहुको ब्याज बोकी
जेनतेन काममा लाग्छ बस्छ चित्त ठोकी;
            २/४ महीना बीते पश्चात जुरमुराउन थाल्छ

            ४/६ महीना बिताइसके ठाउ मै आगो बाल्छ!
साउको ऋण तिरिसके केटी खोज्दै हिड्छ
हिड्दा हिड्दै जतापायो त्यतै तीर भिद्छ;
            खन्याउछ मीठा सपना केटी मख्ख पर्छे 
            बाचा बंधन गराउदै मनमा आशा भर्छे!
औकात भन्दा माथी उठी गफ लडाउन पुग्छ
दैनिक भेटघाट खानपिनसंगै आर्थिक मूल सुक्छ;
           घर चलाउन ब्यबहार धान्न धौ-धौ बन्दै जान्छ
           तनाब बढ्यो मनमा भन्दै के जाती के तान्छ!
महँगो र अत्याधुनिक फोन खल्तिमा हुन्छ
फ़ोनैबाट केटीसामू जाल फिजाउदै रुन्छ;
            आखिर यउटा नारीनहो जालमा फसी हाल्छे
            बास्तबिकता नबुझेरै गाठो कसी हाल्छे!
गफै गफमा दुइटाबाट यौटा बन्न पुग्छन
 साझा जीबन नाम  नाम दिदै यक अर्कोमा चुक्छन;
              यक बसाइमा घंटी बज्छ घरको नंबर आउछ
              फोन उठाउदै गफ गर्दापो केटीले चाल पाउछ!
लामो गफगाफ नगरेरै बूढीको फोन काट्छ
  ब्यस्तताको कारण दर्शाई घरपरिवार ढाट्छ;
                 कस्को फोन हों भनी सोध्दा भाउज्युको हों भन्छ
                श्रीमतिलाई भाउज्यु बनाई आफु कुमार बन्छ!
नानाथरी कहानी बनाई फेरी फकाई हाल्छ
झुटको खेतमाँ मलजल गरी सच्चाइलाई टाल्छ;
              महिनौ बीते बर्शौ बीते उमेर बीती राछ
              घरमा बाउको खबर सुन्दा घर जाने दिन आछ!
घर छाडेको ३ बर्ष भो खल्तिमा दाम छैन
साहुको ऋण बाहेक बाकी केहि पठाको हैन;
              साथीसँगी सबैसंग गुहार माग्न थाल्छ
              फकाई फुलाई त्यों केटीको कमाई पनि हाल्छ!
बाचा गर्छ केटीसंग घरसल्लाह गर्छु
घर बनाई सबथोक मिलाई चाडै सिउदो भर्छु;
              बिचरा त्यों सोझो केटी गफमै लठ्ठ पर्छे
              सबथोक सुम्पी आफु उम्कि उसलाई बिश्वास गर्छे!
आखिर धनको पोको बोकी घरतिर फर्किन्छ
यता केटी दिन महीना गनेरै पर्खिंछ;
               देको भाका नाघिसक्दा आउने खबर छैन
               शंकाहरु चुलिदैछन कही नआउनेत होइन
धैर्यताको बाध नै फुट्यो बाटो हेर्दा हेर्दै
धड्कनहरू रुक्न थाले सास फ़र्दा फेर्दै
                साथी मार्फ़त खबर पाइयो नआउनेभो भनी
                अबला त्यों लाचार नारी उल्टो शिकार बनी!
शुरू भाथ्यो स्वार्थेबाट सिद्द पनि भयो
घर परिवार भेटेपछि निर्धो बनी गयो;
             ठाऊ ठेगाना उल्टो दियो कहा गायर खोज्ने
              भाको सबै रित्तियसी अब कस्लाई रोजने !
धन, मेहनत इज्जत जती सबै लियो त्यसले
बाध्यताले घेरी ल्यायो छाडेन बिदेशले;
                       छाडेन प्रदेशले!!
टिकाराम रेग्मी
सनी गाऊं - १, सिंजा, जुम्ला

भन्न मन लाग्दोरहेछ 

शरिरमा नेपाली रगत  बगेको  हुदा  
सबै नेपाली आफू जस्तै  लाग्दो रहेछ  
जो कोही नेपालीको आखामा आशु बगेको देख्दा    
यो मन त्यसै दू:खीत बन्दोरहेछ;
कुनै नेपाली दू:खमा परेको बेला
यो मन भित्र भित्रै  रुदोरहेछ
त्यसैले  त होला
नेपालको शिर सगरमाथा सदा उचो राख्न  मन लाग्दोरहेछ 
हामी सारा नेपाली यक हौ  भन्न  मन लाग्दोरहेछ।।
          

कुनै नेपाली बिदेश आउदा
कतै कसैले बिक्री पो गर्यो की, यो मन सोच्न पुग्दोरहेछ
नेपालीले नै झुट्टा आश्वासन दियो रे भन्दा
कता कता  नेपालीपन हरायछ की जस्तो लाग्दोरहेछ .   
हरेक दिन समाचारमा
नेपाली चेलीको अस्मिता लुटियो रे भन्ने सुन्दा  
नेपाल नै नांगीयो की जस्तो लाग्दोरहेछ
ती चेलीको पीड़ालाइ सम्झिदा
हामी सारा नेपालीको अस्मिता नै खोसीय जस्तो लाग्दोरहेछ
त्यसैले त होला
सारा नेपालीलाई कुकर्ममा नलाग भन्न मन लाग्दोरहेछ
नमूना बनेर नेपाल र नेपालीको परिचय दीउ  भन्न मन लाग्दोरहेछ

हाम्रो देश हाक्ने  नेताहरुको नाटक देखेर
के देशमा नेताहरु छैनन की जस्तो लाग्दो रहेछ 
हाम्रा नेताहरूलाई त हजूर बिदेश घुम्न पाय पुग्दोरहेछ
की त सिंगापूर की त दिल्ली नै सुभ्दोरहेछ
शान्तिको दूतको जन्म भयको देशमा
अनुशासनहिन नेता र आतंककारीको हालिबहाली रहेको पाइन्छ
नेताहरूले त मस्ती गरेकै  छन तर 
हामी सारा नेपालीले त हजूर खाली चर्का भाषण मात्रै खाइंछ  
त्यसैले त होला
सारा नेपाली जागौ अब  भन्न मन लाग्दो रहेछ
६०१ जना पालेर मात्रै हुदैन संबिधान लेख छिटो भन्न मन लाग्दोरहेछ

देशमा रहेका नदी-नाला अनी हिमाल देख्दा
सच्चिकै हामीमा गौरब लाग्दोरहेछ
तर
हिउद यामको लोडसेडिंग र बर्षाको डूबान देख्दा
कतै ति सारा संपदा नेपालमा पर्दैनन की जस्तो लाग्दोरहेछ   
देश भित्रैका दल, संगठनले भौतिक संरचना तोडेको देख्दा
को हुन तिमीहरु सोध्न मन  लाग्दोरहेछ
आफ्नै नेपाली रगत बगेका नेपाली मारेको देख्दा
कतै यहाँ मानब रूपी दानबको आगमन त भयको छैन सोध्न मन लाग्दोराहेछ
नेत्र प्रसाद शर्मा
बागलुंग हाल माल्दिभ्स
नबनेत्र@याहू.कम  

भो आमा नदिनुस नेता बन्ने आषिश मलाई   

 भो आमा नदिनुस नेता बन्ने आषिश मलाई
म चाहन्न कुनै महलमा बसेर जनता सोस्नलाई।।

 भो बाबा मलाई चाहियको छैन नेताको खोल ओड्न
म चाहन्न यो सयौ फुलले सजियको फुलबारी गोड्न।।

 मलाई चाहियको छैन कसैको सल्लाह देशको ढुकुटी मास्नलाई
नदिनुहोला गुरुहरु कसैलाई शिक्षा कुर्चिको लागि लड्नलाई।।
 

हे आमाहरु अब नजन्माउ यस्ता नेताहरु हाम्रो लागि
जसले गर्दै छन ठगी हामी सारा नेपालीहरु
माथि।।

अब जन्माउनु पर्छ तिमीले आमा गौतम बुद्द र बाल्मिकि
जसले फैलाय शान्तिको नारा बनाय सबलाई ज्ञानी।। 
 

 बडा दशै र तिहार
हिन्दूहरुको महान पर्ब बडा दशै तिमी शान्तिको सन्देश लिएर आउनु
रक्तपात र आतङ्कको पथमा होइन शान्तिको पथमा हिंड्ने सल्लाह दिनु।।
तिहार पछि आन्दोलन होइन् शान्तिको प्रबचन गर्नलाई भन्नु
बन्दुक बोकी हत्यामा होइन सम्बिधान लेख्न कलम दिनु।।
आशिर्बाद दिनु सबैले अब बिकासमा लाग्नलाई
कसैले नदिओस आशिर्बाद फेरी टोडफोड गर्नलाई।।
दिनु है देवी सबैलाई सन्देश एकढिक्का हुनलाई
नदिनु कहिल्यै भुलेर पनि सिसा झै फुट्नलाई।।
जे जे भो हिजो माधव, गिरिजा भुलेर जानु है
उपेन्द्र जि र प्रचन्ड जि ले बिचार  गर्नु है।।
यो देश रहे मात्रै त तिमी नेतामा गनिन्छौं
टुक्रियो नेपाल भने त तिमी जेलैमा सडिन्छौं।।
जनताले पनि अब त बुझे त्यसरी हिड्दैनन
तिम्रा ति पुस्रा भाषण त अब कसैले सुन्दैनन।।
त्यसैले दशै तिमीले सबलाई यो सन्देश दिनु है
नेताले केही गरेनन देवी यो देश जोगाउ है।।
नेत्र प्रसाद शर्मा
बाग्लुङ, भकुन्डे हाल : माल्दिभ्स


यो युग धेरै अगाडि गयको छ रे!
 

यो युग धेरै अगाडि गयको छ रे,
यहाँ हुनु नहुनु सबै थोक भयको छ रे।।
आज भोली पुरुष महिला सबै समान भाका छन रे,
पुरुषले गर्ने सबै काम महिलाबाटै गरिन्छ रे।।
तर आश्चार्यको कुरा के छ भने अङ्ग पनि सटिन्छ रे,
नाकमा लाउने मुन्द्री, फुली नाइटोमा मै रोपिन्छ रे।। 
ओठमा लिने चुम्बन पनि त्यतै कतै गरिन्छ रे,
३३ प्रतिशत अधिकार लिने शरीर ३ प्रतिशत ढाकिन्छ रे।।
सदन-सडक जताततै अधिकार कै कुरो गरिन्छ रे,
फेन्सी तिर जादा भने छोटा छोटा रोजिन्छ रे।। 
साझ बिहान आज भोली डिस्को बारमा जान्छन अरे,
आधा रातमा कहिले काही झुम परेर फर्किन्छन रे।।
कही कतै सम्झाउदा महिला अधिकार भन्छन अरे,
उनकै भलो गर्न खोज्दा महिला  जुलुस निक्लिन्छ रे।।
तर दिनमा भने अझै पनि उनलाई लाज लाग्छ अरे,
त्यसैले होला जुलुस गर्दा कालो पट्टी बाधिन्छ रे।।

 नेत्र प्रसाद शर्मा
बाग्लुङ, भकुण्डे  
  

माल्दिभ्सको जागिर
लाख लाख रुपे पैसा तिरी माल्दिभ्समा आउने
बिदाइको टिका लगाइ बाइ बाइ सबको हुने।।
ढाटी छली भारत हुँदै रेलको यात्रा गर्दै
डलर कमाउने सपना मनमा पैसा छर्दै छर्दै।।
जब झर्यो माले इयरपोर्ट समुन्द्रको माझमा
सोच्न पुग्छ मनले तब परे क्यारे घातमा।।
काम चाँही फेरी उस्तै हरे! बिल्डिङ कन्ट्रक्सनमा
सुत्नु पर्ने भयो अब तला वाले बेडमा।।
साझ बिहान शरीर भरी लामखुट्टेका जुलुस
रातै भरी टोक्न थाल्छन माल्दिबियन उडुस।।
देशमा छदा हल्लियर खाने बानी थियो
कामै कामले सिध्दियो शरीर भयो ठ्याम्मै सियो।।
ऋण धन गर्दै चर्को ब्याजमा साहुको पैसा लीइ
बन्दगिमा खेतीयोग्य सबै जग्गा दीइ ।।
बाऊ-आमाले भन्छन होला पैसा छिटो पठाइ
साहुले अति गर्न थाल्यो छैन हाम्रो कमाई।।

बानी लाग्यो आफ्नो भने मोजमस्ती गर्ने 
जब देशमा फिर्नु पर्छ कसको शरण पर्ने ।।

त्यसैले त बिदेशमा सोच्ने बेला आयो
देशमा गई केहि गर्नलाइ नगदनारायण चाहियो ।।

त्यसैले त सबै कुरा समानतामा गरौ
सबै भन्दा ठुलो कुरा स्वास्थलाइ नै ठानौ।।

सत्मार्गमा हिडौ सधै स्वाबलम्बी बनौ
जे भयनि जे गरेनी हामी नेपाली यक हौ ।।
                                                    -नेत्र प्रसाद शर्मा "नबनेत्र" 

कोपिला फुल्नलाइ
सकिन तिमि सँग हिजो मैले प्रस्ताब कुनै राख्नलाइ
भयो पछुतो आज तिमिबाट टाढा भएर बस्दा मलाइ।।
छन त छँदै छ तिम्रो सम्झना पल पल मेरो मनमा
के गर्ने टाढा भएर देखाउन नमिल्ने तिम्रो आँखामा।।
हुन त तिमिले बिर्सिएर हुन सक्छ मेरो वास्ता नगरेको
तिमिलाइ थाहा छैन यो मेरो मन कति छ रोइरहेको।।
म इज्जत राख्न चाहन्थे सबैको, सकिन भन्नलाइ
त्यसैले गर्दा धोका भयो, आज थाहा छैन तिमिलाइ।।
तिमिलाइ सम्झि आज म टोलाइ रहन्छु पल पलमा
तर के गर्ने पाउन सक्दिन तिमिलाइ, खोज्दै छु सगरमा।।
छैन कुनै खबर आज तिम्रो, कतै डोली त चढिनौ
कता छौ आज कस्को साथ लियौ, खै किन भन्दिनौ।।
तिमिले बिर्से पनि आज म सक्दिन भुल्नलाइ
तिमिले बिर्सिएर गयौ भने सक्दैन यो कोपिला फुल्नलाइ।।
                                                         -नेत्र प्रसाद शर्मा "नबनेत्र" 

 

तिहार
तिहारको बेला रमाइलो होला म भय परदेशमा
रमाउन पाइन यो साल पनि नेपाली माटोमा ।।
मखमली फुल फुलेर गाउँ नै धकमक्क भाछ रे
धानको बाली पाकेर खेतमा पहेली छाछ रे ।।
छैन रे कतै हिलो र मैलो सफा छ सन्सार
घरहरु सबै भाछन रे दुलही सिँगारी चौपट्ट ।।
सबैको घरमा शुखको आभास शान्तिको कामना
सबैले पुज्छन काग र कुकुर आ- आफ्नै रितमा ।।
गाइको पूजा गरेर फेरी लक्ष्मीलाई पुजेका
धनकी देवी लक्ष्मी हुन भन्ने सबैले बुझेका ।।
देउसी र भैलो खेलेर गाउ अती छ रमाइलो
पिङको रनक छुट्टै छ फेरी सरर मच्चेको ।।
सयपत्री अनी मखमली गासी बुनेको त्यो माला
दिदिको हातको टिका लगाइ जन्थ्यौ नि पिङ मेला ।।

                                     -नेत्र प्रसाद शर्मा "नबनेत्र"

कतै दुरी पो बढ़यो की


आज किन आफंतले चिन्न छाडे
कतै दुरी पो बढ़यो की
मलाइ बुझ्नै गाह्रो भो
हिड्दा हिड्दै बाटोमाँ कतै गल्ती पो गरे की ॥


खै कतै उनिहरु नै बसाई सरेर धेरै टाढा पुगिसके की
म अचम्मै परे
कतै सड़कमाँ चक्काजाम भैदियो की
अझै पनी म खोज्दै छू


उनीहरुलाई कतै बाटो बिर्सियकी भनेर
तर लुक्दैछन
उनिहरु हुन सक्छ
यो अभागिलाई साथ नदिऊ भनेर


कता कता मुटु जल्छ
मनमा ब्यथा बढे जस्तो
अब खोज्न छाडी दिन्छु
मेरो मन नि छैन सस्तो॥

                               -नेत्र प्रसाद शर्मा "नबनेत्र"

 

 जिवन  

नसोच जिवन ब्यर्थ छ भनेर,
त्यो त प्रकृतिको प्रसाद
हो ।।
नगर तुलना दुख अनि धोखासङ्ग मात्रै,
त्यो त केबल बर्षात हो ।।

बर्षात बन्छ कालो बादलको गोधबाट
तर,
बर्षात पछि आकास अबस्य खुल्छ।।
सत्कर्ममा बिस्वास राख्दै अघी जो बढ्न सक्छ,
त्यसले त्यो कालो इतिहास अबस्य भुल्छ ।।

नसोच म जन्मेको केबल आफ्नो लागि मात्रै भनेर,
तिमिसङ्ग अर्को पाटो पनि त गासियको छ ।।
के भो त तिम्रा केहि खुसीहरु लुटिय पनि,
रित्तियको त छैन नि कहि कतै साचियको छ ।।

नडुलाउ मन अतितलाइ सम्झेर,
त्यो त बितेर गैसक्यो ।।
सोच्नु छ भबिस्य अनि रमाउनु छ बर्तमानमा,
सङ्हर्ष त हाम्रो नियति नै भैसक्यो।।

टिकाराम रेग्मि

जुम्ला सिन्जा (हाल माल्दिभ्सबाट)

 
तिम्रो जन्म

 

हिजो राती सपनिमा

तिम्रो जन्म भाको मैले देख्दै थिय ।।

त्यहि बेलामा 

मैले दुइटा शब्द लेख्दै थिय ।।

 

त्यो बेलामा कैयौ मान्छे

तिमिलाइ नै भेट्दै थिय

सबै जना तिमिलाइ नै

शुभ कामना बाड्दै थिय ।।

 

तिम्रो जन्म भाको सुनि

इश्वर पनि खुशि थिय

तिमिलाइ नै हेर्न भनि

टुप्लुक त्यहि आइ पुगे।।

 

जन्म भय यो धर्तिमा

अभिभाबकले हुर्काइ दिन्थे

भबिश्यलाइ कता मोड्ने

त्यो त आफ्नै हातमा छ रे।।

 

आउछन सबलाइ अबसरहरु

नमरेर बाच्न सके

दुइ दिनको जिन्दगिमा

हरेश कहिल्यै नखानु रे?

                           -नेत्र प्रसाद शर्मा "नबनेत्र"

 

मेरो मृत्यु 

 

आज राती सपनामा
मेरो जीवनको
मृत्यु भएको
म देख्दै छु ।

न कात्रो छ
लाश छोप्न
न कोहि छ वरिपरि
कस्तो वेवारिसे मृत्यु
लाग्यो यो एउटा
अभावको मृत्यु हो
न कि
मेरो शरिरको ।

म आफनो मृत्यु
आफै महसुस गदैछु
कस्तो विडम्बना
आफनो जीवनको
मृत्यु महसुस गर्नु ।

म बांच्दा सम्म
सबै संगै थिए
खुशीका पलपलमा
तर
पीडामा मेरो मृत्युको
रुने पनि कोहि रहेनछ ।


त्यसैले मेरो मृत्यु
मेरो सपनामा
वेवारिसे बनेको छ
अभावयुक्त बनेको छ ।

 ऋचा शर्मा तिवारी
नेपाल 
 

भकुण्डे गाउ बिकास समिती एक परिचय
      बाग्लुङ जिल्लाको सदरमुकाम बाग्लुङ बजारबाट करिब ४ कोसको दुरिमा अबस्थित यक गाउ बिकास समितीको नाम हो -भकुण्डे। बाग्लुङ् बजारबाट दक्षिण तिर फर्केर हेर्दा झट्ट देखिन्छ यो गाउ बिकास समिती । यो गाउ बिकास समितीको पुर्बमा बलेवा पश्चिममा तित्याङ उत्तरमा कालिगण्डकि र बाग्लुङ नगर पालिका दक्षिणमा रायडाँडा अबस्थित छन। यो गाउ बिकास समिती सानो भयपनि घना बस्तीले सजियको छ। यहा बिधिध जात जाति, धर्म तथा पेशाका मान्छेहरुको बसोबास रहेको छ।

          कृषिको क्षेत्रमा हेर्दा यहा अमिला जातका फलफुल प्रसस्त मात्रामा पाइन्छ भने आलु, मुला, धान, कोदो, मकै, गँहु, जौ आदिको खेति गर्ने गरिन्छ। यो क्षेत्र माहुरि पालन, भेडा-बाख्रा, गाइ-बस्तु, हाँस-कुखुरा आदि पशु-पन्छिको लागिपनि उपयुक्त मानिन्छ। तर अझै पनि यहा उहि पुरानै तरिका र जातका ब्यबसायहरु गर्ने गरियको पाइन्छ जसले गर्दा मान्छेलाइ अगाडि बढ्नमा कठिनाइ परिरहेको पाइन्छ। यो गाउ बिकास समिती सदरमुकामसङ्गै जोडियको भय पनि बल्ल बल्ल स्वास्थको क्षेत्रमा एउटा स्वास्थ चौकी, शिक्षाको क्षेत्रमा हेर्दा एउटा उच्च माद्यामिक बिद्यालय, एउटा निजि स्रोतबाट सन्चालित निम्न माद्यामिक बिद्यालय र केहि प्राथमिक बिद्यालय र एउटा निजी बोर्डिङ स्कुल छ। 

         अझै पनि यहा सडक-यातयातको क्षेत्रमा हेर्दा जनताको प्रयास पछि कच्चि सडकको डोरेटो सम्म पुग्न सफल भयको छ तर सघुरो बाटो र त्यसमा पनि खोलाहरुमा पुल नभयकोले गर्दा गाडि जान साह्रै नै कठिन पर्ने गर्दछ। सन्चारको क्षेत्रमा भने अहिले मोबाइल सेवा मार्फत सन्देशहरु देश बिदेशमा पुर्याउने काम भइरहेको छ। भौगोलिक दृष्टिले गर्दा मोबाइल सेवा पनि घर-घरमा नचल्ने हुदा डाडा-डाडामा गयर मात्र सन्चारको फाइदा लिइरहेका छन भकुण्डेबासिहरु। यो गाउ बिकास समिती सानो भय पनि धेरै भन्दा धेरै गैरसरकारी सङ्सस्थाको जन्म तथा कर्म थलो बनेको छ। यि सस्थाहरु पनि यसको बिकाशका लागि लागिरहेको पाहिन्छ। पर्यटकिय क्षेत्रमा हेर्दा मुलाबारि क्षेत्र, ताल बाराही आदि रहेका छन तर यि क्षेत्रको बिकाश तथा सम्बर्दन नहुदा मात्र नाममा सिमित बन्न पुगेका छन।

                                                         -नेत्र प्रसाद शर्मा "नबनेत्र"

नेपाली जैविक हरियो चिया, आर्थीक क्रान्तिको सम्भावना
नेपाल विश्वको मानचित्रमा एक भूपरीबेष्ठिट मुलुक हो । आफ्नै मौलिकता,पर्यावरणीय žआर्कषण,प्राकृतिक मनोरम, विश्वको अग्ला हिम शिखरहरु र नदी नालाहरुले भरिएको देश, संसारको छानो सगरमाथाको देश, शान्तिको अग्रदुत गौतम बुद्धको जन्मथलो तपोभुमि नेपाल । विश्वको ०.००३% र एसियाको ०।०३% भुभाग ओगटेको नेपाल जैविक विविधताको हिसावले निकै उल्लेख्नीय र वैवहवशाली मानिन्छ । कुल भुभागको १२.५% ओगटेको नेपालमा ७५० थरी भन्दा बढी जडीबुटी पाइन्छ, जुन सम्पूर्ण यूरोप र अफ्रिकाको भन्दा बढी हो । तर विडम्वना जैविक विविधतामा यती सम्पन्नशाली भएर पनि यसको पहिचान, सम्वर्धन र प्रबर्धन गर्न नसक्दा वजार नपाएर खेर गएका ति जडिबुटीहरु विश्व वजारको अत्याधिक मागको कारण चोरी निकाशी दिन प्रतिदिन बढीरहेको छ।
आज विश्वमा विकसित मानिएको राष्ट्रहरु चाहे प्रविधीको विकास गर्ने अमेरीकि मुलुक हुन्, या चाहे पेट्रोलियम पदार्थको व्यापार गर्ने खाडी मुलुक, वा पर्यटनको व्यापारबाट आर्थिक सम्वृद्री प्राप्त गर्ने थाईल्यान्ड र स्वीजरल्यान्ड लगायतका मुलुकहरु नै किन नहुन देशको प्राकृतिक सम्पदा, स्थानिय स्रोत र साधनको सदुपयोगबाट नै भएको हो ।
विश्वको सामरीक महत्व बोकेको आर्थीक सम्वाहक शक्तिशाली देशहरु भारत र चिनको विचमा रहेर पनि लामो समय देखी समृद्ध बन्नुको सट्टा आर्थीक स्वावलम्बी बन्नको लागि प्रयासरत छ । नेपालका लाखौ पौरखी हातहरु बेरोजगार भई एत्रतत्र भौतारीरहेका छन् । दलालको फन्दामा परेर विदेशी भुमीमा अलपत्र मात्र हैन धेरै जनाको ज्यान पनि गुमाई सकेका छन् । कयौ नेपालीहरुले जिवन बचाईदिनको निम्ती आग्रह गरिरहेको छन् । काम पाएर पनि श्रमको मूल्य नपाएर स्वदेश फर्कन सकिरहेका छैनन्।
अर्को तर्फ भैतिक दुनियाँमा प्रविधिको विकासको नाममा प्राकृतीक जिवनवाट टाढीदै छ, दिनप्रतिदिन जंक फुड, फास्टफुड र रसायनयुक्त खाद्य पदार्थको प्रभावले स्वास्थ्य प्रतिकुल बन्दै छ। व्यस्तताको कारण, वाध्यताको कारण वा सौखको कारण यस्ता खाद्य पदार्थको प्रयोगबाट आएको स्वास्थ्य गिरावटको कारण आज विश्व चिन्तीत छ । यसको प्रतक्ष्य प्रभाव नेपालमा पनि परेको छ। जसको परिणाम नेपालमा २० वर्ष मुनीका विद्यार्थीहरुमा गरीएको परिक्षण अनुसार १०% मा मधुमेहको लक्षण देखीएको छ । ३५% भन्दा बढी मानिसहरु मुटुको विभिन्न रोगबाट पिडित छन् (विश्व मुटु महासंघको अनुसार विश्वमा १७ मिलियन मानिसहरु मुटुरोगको कारण वर्षेनी मर्ने गर्दछन्)। मृगौला र क्यान्सर रोग लगायत मौसम अनुसार हुने विभिन्न रोगका शिकार बनेका नेपालीहरुको स्वास्थ्य स्थिती हेर्दा चिन्तीत मात्र हैन जागरुक हुने समय आएको छ । यी र यस्ता तथ्यहरुलाई मनन गर्दै नेपाली जडीबुटीहरुको विश्व बजारमा पुर्याउन आजको आवश्यकता हो भने भोलीको लागि अपरीहार्य हो । ७५० थरी भन्दा बढी जडीबुटीहरुको आ–आफ्नो महत्व भएपनि जडीबुटीका राजा मानिने यार्चागुम्बा र रानी मानिने अश्वगन्धा जस्ता अमूल्य र दुर्लभ जडीबुटीहरुको उचित बजार व्यवस्थापन नहुँदा राज्यले प्राप्त मात्रामा उपलब्धी हासिल गर्न सकेको छैन । यस्तै बहुमूल्य नेपाली बस्तु मध्ये “जैविक हरियो चिया” पनि एक हो।

के हो जैविक हरियो चिया?
(Camellia Sinensis) प्रजातीको विरुवा हो । भारत र चिन सबैभन्दा पहिले चिया प्रयोगमा ल्याउने देश हुन । कालो चिया र हरीयो चिया एउटै विरुवाबाट तयार भए पनि उत्पादन, प्रशोधन र प्रयोग गर्ने विधिमा फरक हुने भएकोले यी चियामा पाईने गुण र शरीरमा पार्ने प्रभावमा निकै भिन्नता रहेको पाईन्छ। संसारमा सबैभन्दा बढी ग्रीन टी को प्रयोग गर्ने देशहरु जापान र चिन हुन। यी देशको मानिसका स्वास्थ्य स्थिती र औषत आयु हेर्दा संसारमै उच्च रहेको छ। जापानीजहरु संसारमै सबैभन्दा बढी बाच्नुको विभिन्न कारणहरु मध्ये ग्रीन टीको प्रयोग एक प्रमुख कारण भएको तथ्य विभिन्न अनुसन्धानबाट प्रमाणित भैसकेको छ । जापानीज र चिनियाँहरुले परापूर्वकालदेखी हालसम्म पनि ग्रीन टी लाई अमूल्य औषधीको रुपमा प्रयोग गर्ने गरेको पाईन्छ। जैविक हरियो चियामा पाईने प्रमुख तत्वहरु जैविक हरियो चिया प्राकृतिक विधिद्वारा उत्पादन, प्रशोधन र प्रयोग गरिने भएकोले यसमा पाईने प्राकृतिक गुणहरु
यसमा सुरक्षित छन्। ति मध्ये केही प्रमुख तत्वहरु यस प्रकार छन्।
१) एण्टिअक्सिडेन्ट – क्याटेचिन्स, अंयाबोनोल्स
२) भिटामिनहरु – भिटामिन ए (क्यारोटिन), भिटामिन बी१, बी२,  भिटामिन ई, भिटामिन सी
३) खनिज लवनहरु – म्याग्नेसियम, म्याग्नेज, सेलेनियम, पोटासियम, फ्लोराइड
४) कार्बोहाइड्रेट – ग्लाइकोसाइड, पोलिसेकेराइड्स
५) प्रोटिन – थियानिन (एमिने एसिड)
६) अन्य – क्याफिन (२%–३%), थियोफाइलिन
(श्रोत: डायना रोजन, नेचर रिमिड अफ ग्रीन टी तथा ग्रीन टी सम्बन्धी बेभसाइटहरु)

जैविक हरियो चियामा पाईने तत्वहरुले शरीरमा पार्ने प्रभाव
हामीले खाएको खानाबाट पाईने पौष्टिक तत्वहरु शरीरमा गएर उपयोग हुने क्रममा शरीरमा विभिन्न रासायनिक प्रकृया हुन्छ । यी प्रकृयाका क्रममा अक्सिजनबाट केही हानिकारक तत्वहरु उत्पादन हुन्छन् । जसलाई फ्री रेडिकल्स भनिन्छ । यी फ्री रेडिकल्सले प्रोटिन, चिल्लो, डि. एन. ए. र कोष झिल्लीलाई नष्ट गर्दछन् । फ्री रेडिकल्सलाई नै क्यान्सर, हृदयघात, मधुमेह, उच्च रक्तचाप जस्ता घातक रोगहरु साथै बुढोपनको लागि प्रमुख कारक तत्वको रुपमा मानिन्छ । फ्री रेडिकल्सहरु शरीरबाट हटाउन वा यी तत्वबाट शरीरमा हुने हानिबाट बच्ने एक मात्र उपाय खानामा एण्टीअक्सिडेन्टको मात्रा बढाउनु हो हर्बो अर्गानिक ग्रीन टीमा क्याटेचिन्स र भिटामिन सी
प्रचुरमात्रामा पाईने भएको कारण यसको नियमित सेवन गर्नाले फ्री रेडिकल्सको कारणले हुने (क्यान्सर, हृदयघात, मधुमेह, उच्च रक्तचाप जस्ता) घातक रोगहरुबाट सजिलै बच्न सकिन्छ । क्याटेचिन्स र भिटामिन सी सुपरिचित एवं शक्तिशाली एण्टिअक्सिडेन्ट हुन ।
रगतमा कोलेष्ट्रोलको मात्रा बढी भएमा रक्तनली कडा भएर उच्च रक्तचाप, हृदयघात र पक्षघात हुने सम्भावना धेरै हुन्छ । सबै कोलेष्ट्रोल हानीकारक हुदैनन्। LDL कोलेष्ट्रोल हानीकारक हुन्छ भने HDL कोलेष्ट्रोल फाइदाजनक हुन्छ । क्याटेचिन्सले LDL को मात्रा घटाउने र HDL को मात्रा बढाउने कुरा विभिन्न अनुसन्धानहरुले देखाएका छन् । यसकारण ग्रीन टीको प्रयोग गर्नाले हानिकारक LDL को मात्रा घटाएर यसबाट हुने हानीबाट बचाउन सहयोग गर्दछ ।
ग्रिन टिमा पाईने ई. जि. सि. जि. तत्व भिटामिन ई भन्दा २५ गुणा बढी प्रभावकारी हुन्छ । त्यसैगरी भिटामिन सि भन्दा १०० गुणा बढी प्रभावकारी हुन्छ भन्ने कुरा विभिन्न अनुसन्धानले देखाएको छ साथ साथै क्याटेचिन्स एण्टिभाइरल भएको कुरा पनि प्रमाणित गरेका छन् । क्याटेचिन्सले भाइरसबाट दुई किसिमले बचाउछ । एक सिधै भाईरसलाई मार्छ वा वृद्धिलाई रोक्छ भने अर्को तर्फ शरीरको आन्तरिक प्रतिरक्षा प्रणालीमा बृद्धी गरेर भाईरससँग लड्ने क्षमतामा बृद्धि गर्दछ । ग्रीन टीले कुल्ला गर्दा रुघाखोकी, टन्सिलाइटिस आदिबाट बच्न सकिन्छ ।
क्याफिन र थियोफाइलिन ग्रिन टि मा पाईने अन्य तत्वहरुमा क्याफिन र थियोफाइलिन पनि हो, आम जनमानसमा क्याफिनले शरिरलाई नराम्रो असर गर्छ भन्ने गलन प्रचार प्रसार भईरहेको छ तर त्यो पूर्ण सत्य होईन । केही मात्रामा क्याफिन हाम्रो शरीरको लागि चाहिन्छ । त्यसैले नेपाली अर्गानिक ग्रिन टिमा २ प्रतिशत देखि ३ प्रतिशत मात्र पाईन्छ । जसले श्वासनलिको मांशपेशीलाई फैलाउँछ, जसले गर्दा श्वास लिन सजिलो हुन्छ र फोक्सोको कार्यक्षमता बढ्छ । त्यसैले थियोफाइलिनलाई दमको लागि औषधीको रुपमा पनि प्रयोग गरिन्छ । क्याफिनले इच्छाहिन मांशपेशीको कार्य क्षमतामा बृद्धी गर्ने भएको कारण श्वास फेर्न गाह्रो भएका विरामीलाई फाइदा गर्दछ । क्याफिन र थियोफाइलिनले Mast Cell
बाट उत्पादन हुने हिष्टामिन र अन्य तत्वहरु (Mediator)
को उत्पादनहरुलाई कम गर्दछ । यहि कारण क्याफिन र थियोफाइलिनले दम र एलर्जी (Allergy) मा फाईदा गर्दछ ।

जैविक हरियो चियाका फाईदाहरु
- क्यान्सर रोग लाग्नबाट बचाउँछ ।
- नियमित सेवनले छालाको क्यान्सर हुनवाट बचाउँछ ।
- रगतमा चिनिको मात्रा घटाउँछ ।
- स्मरणशक्ति बढाउँछ ।
- मोटोपन घटाउँछ ।
- मुटु सम्बन्धी सम्पूर्ण रोगहरुलाई नियन्त्रण गर्छ ।
- श्वास गन्हाउने, गिजा, तथा मुखसम्बन्धी अन्य रोगहरुलाई रोकथाम गर्छ ।
- दाँतलाई मजबत बनाउँछ ।
- खानाको विषाक्तपनलाई नियन्त्रण गर्दछ ।
- ग्याष्ट्राइटिस् वा ग्याष्टिक तथा आन्द्राका समस्या अल्सर, अपच,
कब्जियतलाई हटाउँछ ।
- पाचन प्रणालीलाई सक्रिय बनाउँछ ।
- बुढ्यौलीपन कम गर्दछ ।
- एच. आई. भि. का भाईरसहरुलाई फैलिनबाट रोकी एड्स हुनबाट रोक्छ ।
- उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।
- प्रदुषणबाट हुने विकारयुक्त रसायनलाई निष्प्रभाव पार्न मद्दत पु¥याउँछ ।
नेपाली जैविक हरियो चियाको यती धेरै महत्व हुदाँ हुदै पनि यसले उचित बजार नपाउनु सम्पूर्ण नेपालीहरुकै दुखद कुरा हो । यसै सम्बन्धमा नेपालकै एक मात्र अन्तराष्ट्रिय गुणस्तरको चिया उत्पादन गर्ने चिया बगान कञ्चनगंघा टि स्टेट, पाचँथर (Organic Certify by: National Association for Sustainable Agriculture, Australia NASAA, United States Department of Agriculture USDA, Japanese Agricultural Standard, JAS)का प्रमुख दिपक प्रसाद बास्कोटा भन्नुहुन्छ, “नेपालीहरुलाई नै नेपाली बस्तुको महत्व थाहा छैन, नेपालीहरुलाई त सस्तो भए पुग्छ । आवाश्यक ज्ञान नभएको कारणले पनि नेपाली बजारमा हल्लाको खेती हुने गरेको छ, हर्वल ड्रिङ्क लाई हर्वल टि भनेर गलत
प्रचार प्रसार भैरहेको छ । तुलसीको चिया कसरी हुन सक्छ ? भनी प्रति प्रश्न गर्नुहुन्छ बास्कोटा ।” नेपाली जैविक हरियो चिया बिक्री वितरण गरीरहनु भएका बा. न. पा. १० कुडुले बागलुङका शान्त बहादुर के. सी. आफ्नो अनुभब सुनाउनु हुन्छ ।
“अर्गानिक यानेकी जैविक हरियो चियाको महत्व नबुझेको कारणले बजारमा जादाँ अन्य सामान्य सि. टि. सी. चिया सरह ठानी मूल्य महंगो भन्ने गुनासो गरे पनि नेपाली जैविक हरियो चियाको महत्व बुझाए पछि बौद्धिक व्यक्तित्वहरुले यसलाई सहर्ष स्वकारेका छन् । कयौ विरामीहरुले स्वास्थ्य लाभ गरेर घरमा नै धन्यवाद दिन आएको पनि छन् । लाखौ रुपैयाँ खर्च गरी उपचार गर्दा पनि निको
नभएका दीर्घरोगीहरु १० दिन देखी १५ दिन सम्ममा जैविक हरियो चिया पिउँदा स्वस्थ्य बनेको अनुभव पनि सुनाउनु भयो । ग्याष्ट्राइटिस् वा ग्याष्टिक, अल्सर, अपच, कब्जियत, उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोगलाई समेत ग्यारेन्टीका साथ जैविक हरियो चियाको सेवनले निको नै हुने दाबी गर्नु हुन्छ शान्त बहादुर के. सी. ।”
जैविक हरियो चियाको नियमित उपभोगकर्ता लेक्खानी ६, बागलुङका देवी श्रीस लामो समयदेखी नेपालको मात्र नभई भारतका विभिन्न अस्पतालमा समेत उपचार गराउदा निको नभएको पेटको समस्याका साथै विभिन्न स्त्री रोगहरु जैविक हरियो चियाको सेवनले सखापै पारेको कुरा बताउनु भयो । साथ साथै उनको बुबा परशुराम श्रीसको पनि ५ बर्ष पुरानो उच्च रक्तचापको कारणले पक्षघातसम्म भएको श्रीसको मात्र १० दिनको जैविक हरियो चियाको सेवनले
उच्चरक्तचापलाई सामान्य बनाईदिएको छ । संसारमा पानी पछि सबैभन्दा बढी प्रयोग हुने पेय पदार्थ चिया नै हो । दैनिक उपभोग्य बस्तु हुदाँ हुदै पनि उचित ज्ञानको अभावमा चियाको गलत संस्कार नै बसीरहेको अवस्था छ । जैविक हरियो चियालाई संस्कारको रुपमा
लैजान सकेको खण्डमा विभिन्न रोगहरुबाट सजिलै बच्न सकिने र रोग लागेपछि उपचारको खर्च बच्ने हुन्छ भने यदि केही रोगहरु भएपनि त्यसलाई सामान्य चियाको सेवनले पनि निको हुनेहुदाँ औषधीको असरबाट पनि बच्न सकीने हुन्छ । साथै यसको विश्व बजारमा बिक्री वितरण गर्न सके विदेशी मुद्रा समेत सजिलै
भित्रयाउन सकिन्छ । लाखौ नेपाली युवाहरु विदेशीभूमीमा पलायन भएको यस बर्तमान अवस्थामा अब समय, श्रम र सिप मात्र हैन नेपाली जैविक हरियो चियालाई पनि बेच्न सकेको खण्डमा नेपाली कृषकहरुको उचित मूल्यांकन हुन सक्छ । जति पनि नेपाली नागरिकहरु विदेशमा हुनुहुन्छ मात्र एक एक रुपैयाँ बराबरको नेपाली जैविक हरियो चिया बेच्न सके लाखौ रुपैयाँ भित्रीने थियो । जसको फलस्वरुप नेपालको अर्थतन्त्रमा समेत सकरात्मक प्रभाव स्वतः पर्न
जाने थियो । त्यसैले युवा दार्शनिक डा. योगी विकासानन्द भन्नुहुन्छ,
“संसार बदल्नु छ शुरुवात आफैबाट गर्नु छ ।” यसको निम्ती तपाईको भुमीका के हुन सक्छ ?
Mr. Purush Bashant
www.bhakunde.com
bashant.purush@gmail.com

 

हाँहरुलाई स्वागत छ कालिको छालमा। अनी सदा सदा यहाँहरुका लेख-रचनाको पर्खाइमा बसिरहेको छ यो नेत्र यहाँहरु कै कालिको छाल भर्नको लागि। संपर्कको लागि chapagain.netra@gmail.com
आफ्नै ब्लग
नबनेत्र

कहाँ कति नेपाली ?

सानो मुलुक भए पनि नेपालमा जन्मिएका नागरिक विश्वभर पुगेका छन् । विश्वका धेरैजसो मुलुकमा नेपाली पुगेका भएपनि गैरआवासीय नेपाली संघको औपचारिक तथ्यांकअनुसार विश्वका ५५ मुलुकमा नेपाली संघले संगठन विस्तार गरेको छ ।
सरकारले भारतलगायत सार्क क्षेत्रमा गएका नेपालीलाई एनआरएनको मान्यता नदिने बताएकाले एनआरएन विश्व संघले पनि भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटानमा रहेका नेपालीको तथ्यांक संकलन गरेको छैन । भारतमा मात्रै लगभग २० लाख नेपाली रहेको अनुमान गरिएको छ ।
वैदेशिक रोजगारीको बढ्दो चापका कारण खाडी क्षेत्रमा नेपालीको उपस्थिति अत्यधिक छ । खाडीपछि युरोप र अमेरिकाजस्ता पश्चिमी मुलुकमा नेपालीको बलियो उपस्थिति छ । 'वैदेशिक रोजगारीका लागि दैनिक ६ सय नेपाली बाहिरिइरहेका कारण पनि खाडी क्षेत्रमा संख्या बढ्दो छ,' संघका प्रवक्ता डा. जुगल भुर्तेलले भने, 'त्यससँगै पढाइ र अन्य कारणले बिदेसिनेको संख्या पनि बढिरहेकाले पश्चिममा पनि नेपाली थपिने क्रम जारी छ ।'
संघले सेप्टेम्बर २००७ मा प्रकाशित गरेको तथ्यांकअनुसार सार्क मुलुकबाहेक मुलुकबाहिर १९ लाख ४५ हजार नेपालीको बसोबास छ । यो संख्या अहिले २५ लाख पुगिसकेको प्रवक्ता भुर्तेल बताउँछन् । 'म्यानमारमा नेपालीको संख्या केही घटेको छ,' उनले भने, 'तर खाडी तथा दक्षिण कोरिया, मलेसियालगायतका मुलुकमा उच्च दरले बढिरहेको छ ।' सैनिक शासन रहेको म्यानमारमा प्रजातान्त्रिक आन्दोलनका कारण बेलाबेला भड्किरहने दंगाका कारण नेपालीको संख्यामा कमी आएको हो।
कुन देशमा कति नेपाली
अस्ट्रेलिया २२०००
अस्टि्रया ९००
बहराइन ३००००
बेलारुस १००
बेल्जियम ४०००
बु्रनाई १००००
ब्राजिल १००
म्यानमार २५००००
क्यानाडा १५०००
चीन ४०००
हङकङ ३५०००
मकाउ ५०००
साइप्रस १५००
डेनमार्क १००
फिजी आइसल्यान्ड १००००
फिनल्यान्ड २००
फ्रान्स २५००
जर्मनी ५०००
इटाली १०००
इन्डोनेसिया २००
इराक २००००
आयरल्यान्ड १२००
इजरायल १२०००
जापान ८०००
जोर्डन ५००
कुवेत ४००००
ल्याटिन अमेरिका १०००
लेबनान १२०००
लिसेथो २०
लक्जेम्बर्ग १०००
मलेसिया ४०००००
नेदरल्यान्ड ९००
न्युजिल्यान्ड ७००
नाइजेरिया २५
नर्वे २००
ओमान १५०००
फिलिपिन्स १०००
पोल्यान्ड २००
पोर्चुगल २२५०
कतार २०००००
रसिया १०००
साउदी अरेबिया ४०००००

सिंगापुर ६०००
स्लोभेनिया २०
स्पेन २५००
दक्षिण अपिका १५०
दक्षिणकोरिया ६०००
स्विट्जरल्यान्ड ८००
स्विडेन ५००
थाइल्यान्ड १०००००
युक्रेन ४०
युएई १२५०००
बेलायत ५००००
अमेरिका १३५०००
यमन ५०००

वैदेशिक रोजगारीबाट फर्किएका महिलामा शारीरिक तथा मानसिक समस्या 
कुन्ता भण्डारी, दाङ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको आगमनले गाउँको वातावरण रमणीय थियो । तर पवननगर-४ भमकेकी रेवती आचार्य -वर्ष ३०) भने घर आँगनमा आइसकेको तिहार मनाउने तर्फ लागिनन् । उनी ५६ वर्षीया बिरामी आमा र पाँच वर्षीय छोरालाई घरमा छाडी छोटो समयमा मोटो रकम कमाउने सपना बुन्दै वि.सं. २०६४ कात्तिकमा भारतको बाटो हुँदै साउदीअरबका लागि हानिइन् । “घरमा साँझ बिहान के खाँउ के लाउँ भन्ने समस्या थियो”- उनले भनिन्-”विदेशबाट ल्याएको पैसाले ऋण तिरौँला, खेत किनौंला र छोरालाई धेरै पढाउँला भन्ने सोचेर विदेश हिडेकी थिएँ तर यसरी फँसिएला भन्ने के थाहा ?” यसरी रेवतीको घरमा हातमुख जोड्नका लागि देखिएको समस्याको फाइदा उठाएकी हुन् शान्तिनगर-९ जुम्लेकुलाकी प्रमिला न्यौपानेले । घरमा साँझ बिहानको गर्जो टार्न हम्मेहम्मे परिरहेको समयमा वैदेशिक रोजगारीमा पठाइदिने भनेपछि रेवतीले सुरुमा दलाल प्रमिलालाई उनले भगवान् नै सम्झेकी थिइन् ।

विदेशमा गएर मासिक नेपाली रू.१० हजार कमाइ हुने भनेर दलालले दिएको आश्वासनलाई उनले आँखा चिम्लेर विश्वास गरिन् र गाउँबाट सयकडा दुईका दरले रू. ३० हजार सापटी लिएर दलाल प्रमिलालाई बुझाइन् । मासिक साउदी मुद्रा ५०० (रू. १० हजार) पारिश्रमिक दिने आश्वासन दिएर उनलाई भारतको मुम्बई हुँदै साउदीअरब पुर्‍याइयो । दैनिक आठघन्टा काम गर्ने भनेर उनलाई साउदीअरब लगिएको थियो तर, त्यहाँ उनले सोचेको भन्दा ठीक विपरित भयो । उनलाई दैनिक २२ घण्टा घरायसी काममा खटिनुपर्दथ्यो । “काम गर्दागदै जीउ थाकेर लखतरान पर्दथ्यो” उनले भनिन् -”थकाइ लाग्यो भन्दा घरकी मालिक्नीले लात्ताले हान्थी अनि ट्वाइलेटमा थुनिदिन्थी, तर के गर्नु रोएर बस्नुबाहेक अर्को कुनै विकल्प नै थिएन ।”

 यति मात्र होइन रेवतीलाई खानाखान पनि दिईंदैनथ्यो । घरका मानिसले खाइसकेर बचेको खानामात्र खानुपर्दथ्यो । खाना नबचेमा भोकै बस्नुपर्दथ्यो । ‘साना बच्चाबच्चीलाई खुवाइदिँदा लुकेर खाने गर्दथेँ, एक दिन मालिकनीले देखेर मरणासन्न हुनेगरी कुटिन्’- उनले भनिन् ।  आफूमाथि परिआएको अकल्पनीय पीडाका कारण घरमा आˆनी बुढी आमा अनि सानो छोराको याद आउँथ्यो । उनले साउदीअरबमा रहँदासम्म एक पटक पनि घरमा फोन गर्न पाइनन् ।  

एक दिन फोन गर्न भनेर मालिकसँग पैसा मागेकी थिएँ उनले पीडा मिश्रति स्वरमा भनिन्-”उसले त तँलाई दलालसँग छ हजार -अर्थात नेपाली रू. एक लाख २० हजार)मा किनेको हो, त्यो पैसा दे अनिमात्र पैसा दिन्छु भन्यो ।” रेवतीलाई एक मन त आत्महत्या गरुँ जस्तो लागेको थियो । काम गरेको दुई महिना बितिसक्दा पनि पारिश्रमिक पाएकी थिइनन् उनले ।

 मालिकले उनीसँग यौनसम्पर्कका लागि दबाव दिने गर्दथ्यो । यदि अस्वीकार गरे चोरको आरोप लगाएर घाँटी रेटेर ज्यान मार्ने धम्की दिने गर्दथ्यो । एक दिन यौन सम्पर्कका लागि मालिकले ढोका लगाउँदै थिया,े भागेर छतमा पुगेँ, उनले भनिन्-”माथि छतबाट हामफाल्न लागेपछि मालिकले नेपाल पठाउँछु भन्यो अनि एकजना नेपालीको सहयोगमा नेपाल आउन सफल भएकी हुँ ।”  

छोटो समयमा मोटो रकम कमाउने सपना बोकेर विदेश गएकी रेवती विभिन्न चुनौतीसँग लड्दै तीन महिनामा घर फर्किन् । घर र्फकदा पहिलाको हँसिलो चेहरा र मोटो चटक्क परेको जीउडाल पनि हाड छालामा परिणत भईसकेको थियो । यतिमात्र होइन दैनिकजसो मालिकबाट हुने गरेको भौतिक आक्रमणका कारण उनको जीउभरिनै नीलडामहरू अझै छन् । तर हिजो आज रेवतीको जीवन फेरिएको छ । वैदेशिक रोजगारका क्रममा आफूले शारीरिक तथा मानसिकरूपमा निकै दुःख झेल्नुपरेपछि यस विषयमा गाउँका दिदीबहिनीलाई सल्लाह दिने काममा लागेकी छन् उनी । रेवती गत फागुन महिनादेखि पवननगर गाविसमा चेलीबेटी बेचबिखनविरुद्ध सामुदायिक परामर्शदाताको रूपमा काम गर्दै आएकी छन् । नेपाल परिवार नियोजन सङ्घ, दाङ शाखा तथा स्थानीय गाविसले उनलाई यो अवसर मिलाइदिएको हो । रेवती सामुदायिक परामर्शदाताको रूपमा दिदीबहिनीलाई सल्लाह दिन पाउँदा निकै खुसी देखिन्छिन् । दिदीबहिनीले विदेश गएर पैसा कमाउने नाममा मैले जस्तो दुःख नपाउन् भनेर म यो काममा लागेकी हुँ- उनले हँसिलो मुद्रामा भनिन् -”काम गरे आˆनै ठाउँमा पनि पैसा कमाउने विभिन्न उपायहरू छन् ।”  

यस्तो व्यथा भोग्ने रेवतीमात्र होइन अरू पनि छन् । भमकेकी २६ वर्षीया निर्मला -नाम परिवर्तन) को कहानी पनि रेवतीको भन्दा कम दर्दनाक छैन । जेठ महिनाको समय, बिहानको ४ बजे मिरमिरे उज्यालो हुँदै थियो । पवननगर गाविस, भमकेकी निर्मला भने आˆनो छेउमा सुतिरहेका भन्ट्याङ-भुन्टुङलाई त्यहीँ छाडेर विदेशमा गएर धेरै पैसा कमाउने भूत चढेपछि ०६५ जेठमा साउदी हानिइन् । उनले तीनवटी छोरीमात्र जन्माएकाले दिनरात श्रीमान्को कचकच सुन्नुपर्दथ्यो । खेतीपातीबाट आएको अन्नपातले तीन महिनाका लागि खाने खर्च टार्न हम्मेहम्मे पर्दथ्यो । बाँकी नौ महिनाका लागि हातमुख जोर्ने अन्न तथा पाँचजना परिवारको नाङगो शरीर ढाक्नका लािग निकै समस्या थियो ।त्यही समयमा भमकेमा माइत भएकी विमला कुवँर उनको घरमा आइन् । उनको क्रियाकलापलाई नजिकैबाट नियालिरहेकी विमलाले मासिक रू.१० हजार बराबरको कमाइ हुने प्रलोभन देखाएर उनलाई साउदी पठाएकी थिइन् ।  

निर्मला साउदीको एक सहरमा घरेलु कामदारको रूपमा काम गर्न थालिन् । तर त्यहाँ उनले विभिन्न किसिमका अमानवीय व्यवहार सहनुपर्दथ्यो । यतिमात्र होइन, मालिकको भाषा नबुझेर एउटा भनेकोमा अर्को काम गर्दा मरणासन्न हुने गरी कुटाई खानुपरेको उनले बताइन् । ‘काम गरेर लखतरान परेको शरीर, त्यसमाथि दिनमा चार/पाँच पटकसम्म मालिकसँग यौन सम्पर्क गर्नुपर्दथ्यो, नमानेमा झुन्डयाएर मार्छु भन्थ्या,े बाँच्नका लागि सबै सहन बाध्य भएँ ।’ उनले रुँदै भनिन् । मालिकसँगको यौन सम्पर्कपछि उनी गर्भवतीसमेत भइन् । गर्भवती भएको थाहा पाएपछि मालिक्नीले ज्यान मार्ने उद्देश्यले विभिन्न यातना दिई । तर भाग्यले बाँचेकी उनी अहिले विभिन्न नेपालीहरूका सहयोगमा दुई जीउसँगै घर फर्किएकी छन् । चरम यातनाका कारण उनको मानसिक सन्तुलन बिगि्रएको छ भने विदेशमा अर्काको पेट बोकेको भनेर श्रीमान् र गाउँलेले नराम्रो व्यवहार गर्दै आएका छन् । सरकारी अनुमति नभएका देशमा गएर महिलाले यतिविधि दुःख पाए पनि वैदेशिक रोजगारीका लागि विदेश जानका लागि राहदानी बनाउने महिलाको सङ्ख्या भने तीव्ररूपमा बढेको जिल्ला प्रशासन कार्यालय, दाङले जनाएको छ । कार्यालयको राहदानी फाँटले दिएको जानकारीअनुसार आर्थिक वर्ष ०६४/०६५ मा २६५ जना महिलाले राहदानी बनाएका थिए ।

 आ.व. ०६५/०६६ मा राहदानी बनाउने महिलाको सङ्ख्यामा करिब दोब्बर वृद्धि भएर ४७७ पुगेको खरिदार गोविन्दप्रसाद भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार मासिक सरदर करिब ४५ जना महिलाले राहदानी बनाउने गरेका छन् । महिला पुनःस्थापना केन्द्र -ओरेक)ले जिल्ला प्रशासन कार्यालय परिसरमा सञ्चालन गरेको वैदेशिक रोजगार तथा सुरक्षित स्थानागमन सूचनाकेन्द्रका काउन्सिलर हीरामणि चौधरीका अनुसार घरमा श्रीमान्सँग राम्रो सम्बन्ध नभएका तथा अत्यन्त कमजोर आर्थिक अवस्था भएका महिलाहरू प्रायः वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

दलालको आर्थिक प्रलोभनमा परेर महिलाहरू वैदेशिक रोजगारीका लागि कुवेत, साउदी, ओमान, लेवनानलगायतका देशमा जाने गरेको काउन्सीलर चौधरीले जानकारी दिनुभयो । महिलाका क्षेत्रका क्रियाशील विभिन्न संस्थाका अनुसार रोजगारीका लागि विदेश जाने अधिकांँश महिलाहरू भारतको बाटो भएर जाने गरेका छन्

खाडी मुलुकमा नेपाली महिला

रुद्र खड्का, नेपालगन्ज, मंसिर १८/ बर्दिया तारातालकी रन्जना विश्वकर्मा लोग्नेमान्छे देख्यो कि डराउँछिन्। कामको खोजीमा भारत हुदैँ साउदी अरब पुगेकी रन्जनालाई काम दिने व्यक्तिले दिएको यातनाले शरीर काम नलाग्ने हुनाको साथै 'पुरुषको जात निर्दयी' हुन्छ भन्ने छाप परेको छ।
गाउँमा श्रीमानसँग सम्बन्ध बिच्छेद भएपछि तीन छोराछोरीलाई माइतीमा राखेर साउदी पुगेकी ३३ वर्षीया रन्जनालाई साउदी पुगेको चौथो दिनदेखि नै दुर्व्यहार हुन थालेको थियो। 'चौथो दिनदेखि काम गर्ने घरका सदस्यले दिन थालेको यातना सहन नसकेर चार महिनामा फर्किए उनले भनिन्, 'विदेशबाट पैसा कमाई छोराछोरीको पढाई खर्च जुटाउने सोच पूरा हुन पाएन।' 
छिमेकीबाट तीस हजार ऋण लिएर साउदी पुगेकी रन्जनाले घर फर्कँदा कत्ति पनि रकम नपाएको बताइन्। चार महिनासम्म त्यत्तिकै काम गरे। उनले पीडा सुनाइन्, 'पैसा माग्दा उल्टै खाना खाएको रकम मागे।' साउदी जानु अघि उनलाई दलालले महिनाको दश हजार तलब पाइने आश्वासन दिएका थिए। घरेलु कामदारको रुपमा गएकी रन्जनालाई मालिकका छोरा र घरमा आउने पाहुनाहरूले बढी दुर्व्यवहार गरेको अनुभव छ। 'शरीर समात्‍न खोज्थे। तर मैले नमानेका कारण बढी रिसाए उनले भनिन्,'उनीहरूले चाहेजस्तो गर्न नसकेपछि सँधै काम बिगारेको भन्दै गाली तथा कुटपीट गर्न थालेपछि घर फर्किए।' गाउँमा छँदा पनि श्रीमानको माया पाउन सकिन। विदेशमा पनि पुरुषबाट पीडित भए रन्जनाले भनिन्, 'आजकाल पुरुषलाई देख्ने वित्तिकै डर लाग्ने मात्र नभई रिस पनि उठ्छ।'
कामको खोजीमा खाडी मुलुकमा जाने महिलाहरूको संख्या वृद्धिसँगै त्यहाँ पुगेका नेपाली महिलाहरूले भोगेका दुर्व्यवहारका घटनाहरू बढेका छन्। विदेशिएका कैयौ महिलाहरू समस्या झेलेर फर्केका छन् भने कैयौले उद्धारका लागि आग्रह गरिरहेका छन्। माइती नेपाल नेपालगन्ज शाखाका अनुसार सन् २००९ को अक्टोबरसम्म भारतलगायत साउदी अरवमा पुगेका महिलामध्ये १ सय ३५ जनाले तथा उनीहरूका आफन्तले उद्धारका लागि आग्रह गरेका छन्। तर करिब एक वर्षको अवधिमा बाह् जनालाई मात्र उद्धार गर्न सकिएको माइती नेपालका प्रमुख केशव कोइरालाले बताए। गत साल ८३ जनाले समस्यामा परेको जनाउँदै उद्धारका लागि आग्रह गरेका थिए। त्यत्तिबेला माइती नेपालले दश महिलाको उद्धार गर्न सकेको थियो। विदेशमा नेपाली महिलाहरूले भोग्ने दुर्व्यवहारका घटना बढ्दै गइरहेपनि नेपालबाट भारत हुदै अरव जान खोज्ने महिलाहरूको संख्या बढ्दो छ। खासगरी ग्रामीण भेकमा बसोबास गर्ने महिलाहरूलाई काम र तलव राम्रो पाइने आश्वासन दिएर दलालहरूले धमाधम पठाइरहेपनि रोकथामको लागि प्रभावकारी पहल हुन सकेको छैन। वर्षेनी कामको खोजीमा विदेशिन खोज्ने महिलाको संख्या दोब्बरझै बढ्दो छ। र, त्यत्तिकै हाराहारीमा उनीहरूले समस्या पनि झेलिरहेका छन्। नबुझी विदेशिन खोज्ने महिलाहरूलाई सम्झाउने दायित्वसमेत कसको हो भन्ने अन्यौलको अवस्था छ। नाकाम माइती नेपाललगायत केही संस्थाका कर्मचारीहरूको 'डिउटी' को आधारमा राज्यले चेलिबेटी बेचबिखनको रोकथाम भइरहेको बताइरहदा नेपाली महिलाहरूले समस्या भोगेका भोग्यै छन्।

महिनामा साढे ९ हजार तलव पाइन्छ भनेर साउदी पुगेकी रझेना-१ की नन्दकला भुषालका अनुसार साउदीमा जाने महिलाहरू मध्ये धेरै कुनै न कुनै रुपमा शोषित भएका हुन्छन्। यदि कसैले शोषित छैन भन्छ भने उसले कुरा लुकाएको हुनुपर्छ उनले दावी गरिन्। भारतमा काम गर्न गएका श्रीमान नफर्केपछि दुई छोराछोरीको खर्च धान्न नसकी नन्दकला दुई महिने पर्यटक भिसामा साउदी गएकी थिइन्। 'भिसाको मिति रहदाँसम्म घर मालिकले राम्रै गर्यो। जव भिसाको मिति सकियो त्यसपछि दुर्व्यबहार हुन थाल्यो अघिल्लो महिना घर फर्केकी नन्दकलाले भनिन्, 'उनीहरूले भनेको नमान्दा शरीरमा आइरनले पोले।'

उनलाई पनि घरमालिकले भन्दा घरमा आइरहने मालिकका आफन्तहरूले दुर्व्यबहार गर्न खोज्थे। 'यदि नेपाली महिलाहरूलाई हिसाबाट बचाउने हो भने घरेलु कामदार अथवा पयर्टक भिसामा गल्फमा जान खोज्ने महिलाहरूलाई राम्रोसँग बुझेर छाडनु पर्छ उनले माग गरिन्। धेरैजसो महिलाहरू नेपालको जस्तै वातावरण ठानेर पैसा कमाउन लालयित हुन्छन्। तर त्यहाँको अवस्था निकै फरक छ नन्दकलाले अनुभव सुनाइन भनिन्। कानुन अनुसार नेपालबाट महिलाहरूलाई खाडी मुलुकमा पठाउन पाइदैन। तर दलालहरूले भारतीय भूमि हुदैँ नेपाली महिलाहरूलाई पयर्टक भिसामा धमाधम खाडीमा पठाइरहेका छन्। खुल्ला नाका भएका कारण भारत हुदैँ खाडी मुलुकमा महिलाहरू पठाउन दलाललाई सजिलो छ।
यता नेपाली महिलाहरू पनि कमजोर आर्थिक स्थिति र अज्ञानताका कारण धमाधम भारत हुदैँ खाडी जाने क्रम बढेकेा पाइएकेा छ। नेपालगन्ज नाकाबाट खाडी जान खोज्ने १ सय ३८ महिलालाई सन् २००८ मा रोकेको माइती नेपालले सन् २००९ पूरा हुन एक महिना बाँकी रहदै २ सय ४९ जना महिलालाई विदेशिनबाट रोक्यो। 'गरिबी र अज्ञानताले महिलाहरूको विदेशिने क्रम बढ्दो छ माइती नेपाल शाखा नेपालगन्जका प्रमुख कोइरालाले भने, 'रोकथाम र उद्धारको स्थिति भने उस्ताको उस्तै छ।' माइती नेपाल बाहेक सीमामा प्रहरी, साथी संस्थालगायतले पनि रोकथामको काम गर्छन्। तर चेलीबेटी बेचबिखन न्युनिकरणमा लागेकाहरूले जुन अनुपातले महिलाहरू विदेशिने र उता गइसकेपछि दुःख पाउने अवस्था छ। त्यस अनुसार उद्धार र रोकथाम हुन नसकेको बताउँछन्।
भारतमा यौन व्यापारका लागि प्रयोग गरिदै आएका नेपाली महिलाहरूलाई खाडी मुलुकमा घरेलु कामदारका रुपमा बोलाउने र त्यसपछि शोषण गर्ने प्रवृति देखिएको छ। मालिकले भनेकेा नमान्दा कतिपय महिलाहरू कुटपीटपछि अंगभंग भएर पनि फर्केका छन्। गत चैत्त २८ गते भारत हुदै साउदी पुगेकी बर्दियाकी मीना क्षेत्री ( उल्लेख गर्न नचाहेका कारण परिवर्तित नाम) का अनुसार साउदी पुगेकै दिन साहुले यौन क्रियाकलाप सम्बन्धि फिल्म देखाएर यौन शोषण गर्न खोज्दा भाग्ने क्रममा खुट्टा र छातीमा लागेको चोट अझै सन्चो भएको छैन। २८ वर्षीया ती महिलाले भनिन्, 'पुगेकै दिन त्यस्तो क्रियाकलाप हुन थालेपछि घरको तेस्रो तलाबाट हाम फालेर बाचे।' त्यसपछि सिधै एअरपोर्ट आएर घर फर्केको उनले बताइन्।
पैसा कमाउने लोभले दलाललाई तीस हजार दिएको र घाइते भएपछि औषधी गर्दा थप बीस हजार खर्च भएको उनले बताइन्। उनले यत्तिखेर दलालका विरुद्ध मुद्धा हालेकी छिन्। तर दलाल फरार रहेका कारण पक्राउ पर्न सकेका छैनन्। पैसा कमाउने लक्ष्यमा साथ खाडी पुगेका महिलाहरूले त्यहाँ विभिन्न समस्या भोगेर फर्केपछि खाडी जान चाहने अरु महिलाहरूलाई कुनै पनि हालतमा पर्यटक भिसामा नजान सल्लाह दिएका छन्। काम दिने व्यक्ति राम्रो रहेछ भने कामदार भिसामा जाँदा केही सुरक्षित हुन सकिन्छ खाडीबाट फर्केका महिलाहरूले सल्लाह दिएका छन्, 'पयर्टक भिसामा दलालका फोस्रो कुरा सुनेर जाने हो भने दुःख सिवाय केही हात लाग्दैन।'
खुल्ला सीमानाको फाइदा उठाउँदै भारत हुदै खाडी मुलुकमा नेपाली महिलाहरू जाने क्रम बढेको चेलीबेटी बेचबिखनका विरुद्ध लागेकाहरू बताउँछन्। तर कति महिलाहरू यसरी बाहिर छन् भन्ने यकिन तथ्याङ्क भने पाउन गाह्ो छ। अन्तराष्ट्रिय श्रम संगठन (आइएलो) ले केही महिना पहिला हरेक वर्ष १०/१२ हजार नेपाली महिला र बालबालिका कामका लागि विदेशिने गरेकेा तथ्याङ्क सार्वजनिक गरेकेा थियो। उक्त संगठनका अनुसार भारतमा मात्र साढे दुई लाख नेपाली महिलाहरू छन्। विदेश पुगेका महिलाहरूले समस्या भोगेका घटना सार्वजनिक हुदै गर्दा अघिल्लो साता नेपालगन्ज नाकामा विदेश जाने क्रममा सोह् जना महिलाको उद्धार गरिएको थियो। 
  

बैदेशिक रोजगारीका लागि माल्दिभ्स, सुचना र संचार अनी समस्या र चुनौतीहरु

आर्थिकताको कमिले गर्दा मनिसहरु आफु र आफ्ना सन्तानहरुको भबिष्यलाई केही माथि उचाल्ने उद्देश्य बोकेर एक ठाउँबाट अर्को ठाउँमा जागिर गर्न जाने चलन विश्वका धेरै देशहरुमा छ। यसै शिलशिलामा नेपालीहरु पनि आ-आफ्नो आर्थिकतालाई हेरेर विश्वका दोश्रा र तेश्रा मुलुकहरुमा जानेक्रम बर्षौ देखी चल्दै आयको छ। त्यसैले त होला भनिन्छ "घर नखाएकी छोरी र प्रदेश नपसेको छोरोलाई केही थाहा हुँदैन भनेर"। यसरी बिदेशिने क्रममा नेपालीहरु युरोप,अमेरिका, अरबियन देशहरु साथै सार्क भित्रैका केही देशहरुमा  रोजगारिको शिलशिलामा जाने गरेको पाईन्छ।  सार्क देशहरु मध्यको सबैभन्दा सानो देश माल्दिभ्समा पनि नेपालीहरु बिभिन्न बाहनामा आउने क्रम जारी छ। यहाँ नेपालीहरुको प्रबेशलाई खोतल्दा सन १९९२ तिरबाट शुरु भयको र सन २००० तिरबाट यो क्रममा ह्वात्तै बृद्दी भयको पाईन्छ। तर समयले फड्को मार्दै जाने क्रममा विश्वमा देखियको आर्थिक मन्दिले गर्दा अहिले आएर धेरै नेपालीहरुको जागिर यसै साल खोसिको छ। खासै यो देशमा कती नेपालीहरु रोजगरिमा छन भन्ने एकिन डाटा नभए पनि झन्डै २०००-२५०० जती नेपालीहरु रहेको अनुमान गरिन्छ। यो साल मात्रै झन्डै ५०० जती नेपालीहरु आफ्नो जागिर गुमाउन पुगेका छन। बिगतका २-३ बर्ष यहाँ नेपालीहरु आउने क्रम अति नै भय पनि अहिले आएर ठ्याप्पै रोकियको छ रपनी दिनानुदिन महिलाहरुको माल्दिभ्स प्रबेश बढी उत्साहजनक देखियको छ। यहाँको राजधानी मालेका धेरै जसो घरहरुमा र ब्युटी पार्लरहरुमा धेरै नै नेपाली महिलाहरु भयको  पाईन्छ। बेला बेलामा यहाँ आउने नेपालीहरुले आफु ठगियको गुनासो गर्ने गरेको पनि सुनिन्छ; भनेजति तलब-भत्ता नपायको, कामगर्ने समय बढी भयको, छुट्टी नपायको आदी। यसका साथै यहाँ नेपालीहरुका समस्या र चुनौतीको कुरा गर्दा सिप नसिकिकन बिदेशिनु, शिक्षाको कमिले गर्दा भाषाको समस्या हुनु साथै दलालबाट झुटा आश्र्वासन दिने र तिनै आश्र्वासनको भरमा दिवा स्वाप्न देखेर हामफाल्ने क्रम जारी रहनु हो।
यहाँ संचारको क्षेत्रमा हेर्दा कुनै कुनै रिसोर्ट र कम्पनीहरुमा नेपाली टेलिभिजनका च्यानलहरुको प्रसारण हुने गर्छ भने कही कतै इन्टरनेट मार्फत देश बिदेशका खबर हेर्ने तथा सुन्ने गरिन्छ। अहिले आएर बिगत २ बर्षबाट माल्दिभ्समा रहेको नेपालीहरुको एक मात्रा  साझा सस्था "नेपाल-माल्दिभ्स मैत्री समाज" ले आफ्नै नामबाट वार्षिक रुपमा "स्मारिका" प्रकाशनमा ल्याउदै आयको छ भने अनलाइन पत्रीकाको क्षेत्रमा नेत्र प्रसाद शर्माको "कालिको छाल"
www.kalikochhal.yolasite.com सन्चालनमा आयको छ। 
नेत्र प्रसाद शर्मा
भकुण्डे-६, बाग्लुङ हाल माल्दिभ्स

साउदी अरबमा नेपाली, नेपाली बिच छुरा हाना हान एकको मृत्यु चार जना हिरासतमा
युवा बहस डट कम
मोहन बानियाँ
साउदी अरबको रियाद स्थित पुरानो रियादको बाटॊमा पर्ने अल सुलईमान मजराहा कृषी मा तिहार मनाउने क्रममा नेपाली नेपाली बिच टि भि च्यानलको बारेमा झगडा हुदा एकको मृत्यु चार जना साउदी अरको जेलमा परेका छन ।
बिगत ५/ ६ महिनादेखी काम गर्दै आएका डिल ब श्रेष्ठ तनहुँ, राम ब तामाङ्ग सिन्धुपालचोक, सन्तोष कुमार जमर कटेल बैरबन्द मोरङ्ग खीपुरी, चित्र बहादुर चितउन रहेका छन् ५ जना एकै साथ काम गर्दै आएका थिए ।
१६ अक्टोबर गोरु तिहारको बेलुका भएको रात्री भोजनमा टि.भि च्यानलको बारेमा झगडा हुदा ३४ बर्षीय सन्तोष कुमार जमर कटटेललाई, तनहुँका डिल ब श्रेष्ठ, सिन्धुपालचोकका राम ब. तामाङ्गले, पहिला हात पात गरेपछी रिसको झोकमा सन्तोष कुमार जमर कटटेलले कोठाबाट धारिलो छुरी ल्याई सिन्धुपालचोकका राम ब. तामाङ्गलाई पहिलो प्रहार गर्दा देबे्र खुट्टामा लागेको थियो।
दोस्रो प्रहार तनहुँका डिल ब श्रेष्ठ लाई पेटमा प्रहार गरि छुरी पेटबाट ननिकालीकन छुरी माथी उचालीदिएका थिए । साथीहरुको भनाई अनुसार डिल बहादुर लाई छिटो हस्पिटल लगेको भए बाच्न सक्ने बताए । छुरी प्रहार गरीसके पछी पनि सन्तोष कुमार जमरकट्टेल त्यहाँ बाट भागेका भने थिएनन् केहि समय पछी भागेर काम गर्दै आएको (साउदी कपिल) कम्पनी मालिकलाई फोन गरि बोलाए पनी डिल बहादुरको रगत धेरै बगेका कारण अन्तिम अवस्थामा पुगिसकेको र हस्पिटल लैजादा लैजादै बाटोमानै डिल बहादुर श्रेष्ठको मृत्यु भएको जनाए । मृतक लगाएत चारै जना अभियुक्त अबैध रुपमा भागेर काम गर्दै आएका थिए ।
हाल चार जना नेपालीहरुलाई साउदी अरबको खलेदिया हिरासतमा राखिएको र सबै जनालाई छानबिनको लागि लगिएको छ ।
कारर्वाहीगर्नको लागी अदालत लाई अझै दुइ हप्ता लाग्ने बताए पनी अब यी नेपालीहरुलाई साउदी सरकारको कानुन अनुसार कारवार्हि गर्दा मृत्यु दण्ड सम्मको सजाए हुन सक्छ ।
त्यहाँका नेपाली साथीहरुले युवा बहस डट कम लाई बताए । मृतक डिल ब. श्रेष्ठ को साउदी अरब अथवा नेपालमा रहनु कोही आफन्तहरु हुनुहुन्छ भने युवा बहस डट कम मार्फत नेपाली राजदुताबासमा सम्पर्क गर्न अनुरोध गरिन्छ । 

कुवेतबाट छोरो लिएर फिरिन् रुपवती
देबेन्द्र भट्टराई
धनसम्पत्ति कमाउने आशा लिएर पाँच वर्षअघि खाडीको कुवेत पुगेकी पोखराकी ३२ बर्षे रुपवती गुरुङ(नाम परिवर्तन) अहिले देश फिरेकी छिन्। तर गोजीमा सुको पैसा नलिइ र भएको आफ्नो परिचय पनि गुमाएर तीन वर्षे छोरो काखमा खेलाउँदै उनी फिरेकी छिन्।  ‘पाँच वर्षअघि दिल्ली हुँदै कुवेत पुगेकी हुँ,’बेखर्ची बनेर बालाजुको एउटा होटलमा एक महिनादेखि अरबी भाषा मात्रै बोल्ने छोरो सम्हाल्दै बसिरहेकी मायावतीले भनिन्—’पछिल्ला डेढ वर्ष छोरो लिएरै कुवेती जेलमा बसें, अनि सजाय भुक्तान भएपछि एक महिनादेखि यो होटलमा शरण लिएर बसिरहेकी छु।’
रुपवती स्कुले बिद्यार्थी छँदा भविष्यमा नर्स बन्ने सपना देख्तिन्। परिवारकी टुहुरी यी छोरीले जेनतेन १० कक्षासम्म पढ्ने मौका पनि पाइन्। नर्स बन्ने इच्छामा त्यही एउटा अवसरमा काठमाडौं आएर स्वास्थ्य सहायकको तालिम पनि उनले लिएकी थिइन्। तर त्यो पुरा नभइ उनको बिहा भयो। ‘जिन्दगीले बाटो त्यहींबाट बदल्यो,’ मायाँवती भन्दै थिइन्—’बेरोजगार युवकसँग २० बर्षे उमेरमा बिहा भएपछि धेरै कठीनाइ बेहोर्नुपर्‍यो।’ श्रीमानको भर पर्न नसकेर कहिले पोखरामा किराना पसल थाप्दै त कहिले गाउँले स्कुलमैं डे–केयरमा काम गरेर उनले जीवन निर्वाह गरेकी रहिछन्। साथमा एक छोरा–छोरी भएपछि र समस्याले गाँज्नु–गाँजेपछि एक दलालको भर परेर श्रीमानलाई पोर्चुगल काममा पठाउने निधोमा उनी पुगिन्। त्यसका लागि आफन्तहरुबाट ५ लाख रुपैंया भेला पारेर दलाललाई बुझाइन् पनि। तर चिनजानको त्यो गाउँले पैसा लिएर बेपत्ता भएपछि रुपवतीको जीवनमा अर्को बिचल्ली सुरु भयो।
‘अनि अर्को दलाल भेटियो जसले मलाई कुवेत लैजाने कुरा गर्‍यो,’पाँच वर्षअघिको कुरा सम्भि्करहेकी थिइन् मायाँवती—’उसलाई ३० हजार रुपैंया बुझाएर म दिल्ली हुँदै सन् २००४ को अक्टोबरमा कुवेत उत्रेकी थिएँ।’
कुवेत पुगेर सुरुमा त्यहाँको हाउसमेड सेन्टरमा लगिएको र एकदिन पछि मायालाई सम्बन्धीत कुवेती मालिक आएर उसको घर लगेको थियो। ‘तर त्यो घरमा त असाध्ये काम रहेछ, २० जनाको परिवारमा एक्लै पकाउनु, सफा गर्नु, भुई पुछ्नुपर्ने रहेछ,’उनी सम्झदै थिइन्—’३५ दिनार (मासिक झण्डै ७ हजार रुपैंया) तलब दिने भनेको थियो, खानपिन पनि बचेखुचेको मात्रै हुन्थ्यो।’

त्यो घरमा आएको १५ दिनमैं कामको सास्तीबाट हैरान भएर रुपवती हाउसमेड सेन्टरमा फिरेकी रहिछन्। त्यो सेन्टरबाट कुवेती मालिकले ३ सय दिनार (झण्डै ६० हजार रुपैंया) तिरेर उनलाई काम गर्न लगेको रहेछ। फेरि अर्को कुनै मालिकले रुपवतीको खरिद मुल्य नतिरी नयाँ काममा जान सकिने कुरै आएन। ‘यसैगरी म तीन पटक बेचिएँ, त्यहाँ बरु पशुको मुल्य होला—हामी केटीहरुको छैन,’रुपवती भन्दै थिइन्—’हरेक घरमा खेप्नुपर्ने मानसिक, शारीरिक र आर्थिक शोषणको कुरा गर्ने हो भने यो आफैंमा महाभारत बन्छ।’
रुपवतीका बुझाइमा कतिसम्म भने आफन्त भनाउँदा नेपालीको पनि हाउसमेड सेन्टर थिए जहाँ गएर जानजानी बिक्री हुन सकिन्थ्यो। ‘म हवली भन्ने ठाउँको आफन्तकै सेन्टरमा आठ महिना जति बसें, अरु आउने ४/५ जना केटीलाई खाना पकाउँदै ख्वाउने काम मेरो थियो,’उनी सम्झँदै थिइन्। पैसा कमाउने, घर फिर्ने, छोराछोरी सम्हालेर बस्ने सपना मनभरि राख्दै ‘भरेभोली केही होला कि’ भन्ने आशमा रुपवतीका दिनहरु बितिरहेका थिए।
सेन्टरमा बसिरहेकै बेला घुमघाममा निस्कदा उनले एक तिव्वती मुलका काश्मिरी युवकलाई भेटेकी रहछिन् जसले उनलाई पासपोर्ट झिकिदिने (सुरुको मालिकसँग रहेको), काम दिलाइदिने र राम्रो सेवा–सुविधा दिलाउने आशा पनि दिलाएछन्। ‘उसले मलाई बिहा गर्ने भन्यो, सँगै जीवन बिताउने भन्यो। अनि मैंले आफ्नो क्रिश्चियन धर्म फेरेर मुश्लिम बनें,’उनी सम्झँदै थिइन्। यसरी चार वर्ष अघि त्यो अपरिचितलाई आफ्नो बनाएर हवलीस्थित एक फ्लायटमा सँगै बस्न थालेपछि आमिर जन्मेका थिए। ‘तर त्यसबेलासम्म म र आमिर दुबै कुनै कागजातबिहिन र गैर कानूनी बनिसकेका थियौं,’उनले सुनाइन्।
‘उसले मेरो मन जितेको थियो, अब मेरो जिन्दगी यही हो भन्ने भएको थियो,’उनले सुनाइन्—’पछि थाहा लाग्यो, उसकी अर्की श्रीमती र एक छोरा पनि रहेछन् कश्मिरमैं।’ तैपनि केटाको आमा, हजुरआमा कसैलाई पनि दोस्रो बिहाका बारे थाहा रहेनछ।
एकपटक छोरो आमिर साह्रै बिरामी भएपछि उनले केटाको घरमा फोन गरिछन्, केटालाई नभेटेपछि घरमा केटाकी हजुरआमालाई ‘म उसकी श्रीमती हुँ, उसको छोरो बिरामी छ, उसलाई घर पठाइदिनु’ भन्ने खबर छाडिछन्। एकाएक राती रुपवतीको फ्लायटमा आएर केटाका घरपरिवारले तोडफोड गर्दै ज्यानको धम्की दिएर छाडेछन्। अर्कातिर दुइ महिनादेखि फ्लायट भाडा नतिरेकाले घरपट्टीले पनि मायालाई कोठा छाड्न भनेछ। त्यसपछि रुँदै नजिकको प्रहरी चौकीमा गएर मायाले उजुरी हालिछन् र, चौकीमैं शरण लिएर बस्न थालिछन्।
‘उजुरी हालेको तीन सातापछि प्रहरीले मलाई अलपत्र बनाउने केटालाई पक्राउ गर्‍यो, अनि मसहित उसलाई पनि सुलेबियास्थित केन्द्रिय जेलमा हाल्यो,’उनले सुनाइन्। यसरी रुपवती र छोरा आमिर भने डोल्मा शेर्पासहितका नेपाली युवतीहरुको कारगार–साथी बनेका रहिछन्। आफूजस्ता दर्जनौं नेपाली पीडित युवतीहरुका माझ बंगालादेशी, भारतीय, फिलिपिनो, इन्डोनेशियन, श्रीलंकन युवतीहरु पनि रहेछन्। त्यहाँ अधिकांस गैर कानूनी हैसियतमा पक्राउ परेका, कोही प्रेम र यौन सम्बन्धका कारण पनि समातिएका रहेछन्।
‘सबैतिर गरेर १ सयभन्दा बढी नेपाली युवती पक्राउ परेका हुनुपर्छ,’उनी भन्छिन्—’त्यसमा पनि कुवेतमा रहेका बंगाली दलालहरुले सबैभन्दा धेरै चेलीबेटी बेचबिखनमा लागेका छन्। कुवेतमा हामी ‘युवती जाती’ मान्छे होइनौं, पशु मात्रै हौं— बजारमा खशीबोका बिक्री गरेजस्तै।’ तर कुवेत–इराकका साझेदार कम्पनीमा काम गर्ने सिन्धुपाल्चोकका हरिकृष्ण न्यौपानेका अनुसार कुवेतका सबै जेलहरुमा गरेर अहिले २ सय ६ जना नेपाली महिला छन् जसमध्ये २१ जना अवैध रुपमा जन्मिएका बालबच्चासहित जेल परेका छन्।
जेलमा रुपवतीको सजाय १८ महिना तोकिएको रहेछ, साथमा छोरो आमिर पनि हुर्किरहेको थियो। तर एकाएक ७ महिनाअघि जेलमैं रहेका आफूलाई अलपत्र पार्ने ती युवकलाई मुटुको क्यान्सर देखिएछ र, दुइ महिनाकै उनको निधन भएछ। जेलबाट निस्केर कुवेतमैं केही गरौंला भन्ने आडभरोस रहेको श्रीमानको पनि उतै ज्यान बितेपछि रुपवतीको जीवनमा अर्को बिचल्ली थपिएछ।
‘केटाका परिवारहरु पनि मलाई जेलमा भेट्न आइरहन्थे, यो छोरो हामीलाई दे भनिरहन्थे’,उनले भनिन्—’छोरो दिएमा चाहिनेजति पैसा दिउला भनेका हुन्, तर मैंले मानिन।’ त्यसपछि आफ्नो सजाय पुरा भएपछि गएको अगष्ट २६ मा रुपवती र आमिर ट्राभल डकुमेन्टका भरमा काठमाडौं उत्रेका रहेछन्। अहिले बालाजुको एउटा गेष्ट हाउसमा ‘पछि पैसा तिर्ने बचन’का भरमा उनी बसिरहेकी छिन् जसको गेष्टहाउसमा खाएको, बसेको बाँकी मात्रै ३० हजार रुपैंयाभन्दा बढी पुगेको छ।
‘अहिले पोखरा घर जाने हालत पनि छैन,’रुपवतीको आफ्नै समस्या थियो—’यहा कहींकतै आडभरोस पाए, कुनै काम पाएमा यो छोरो पढाएर बस्ने मन छ। तर ख्वै, काम पनि केही भेटिएको छैन।’ एक फिलिपिनो सहकर्मीको हत्या अभियोग लागेर सुरुमा मृत्युदण्ड सुनाइएकी र पछि मृत्युदण्ड मिनाहामा परेकी डोल्मा शेर्पा रुपवतीकी साथी रहिछन्। डोल्माले आफ्नो श्रीमान तेन्जिङ र छोरा कर्माको कुरा गरिरहने, मनमा भएका सारा सपना मारेर जेल बस्नुपरेको र अब चाँडै घर फिर्ने आशा रहेको कुरा गर्ने रहिछन्।
उनको बुझाइमा कुवेत गएका सय महिलामध्ये ८० को हालत भने निकै दयनीय छ। केही कुमारी दिदीबहिनी समेत बालबच्चासहित लुकेर बसिरहेका छन्। ‘चेलीबेटीको जीवन निकै कष्टपूर्ण छ, तैपनि सरकारले यसमा किन केही सोच्न नसकेको हो, थाहा पाउन सकिएको छैन,’उनले भनिन्।
कुवेतमा अहिले झण्डै २० हजार नेपाली रहेकोमा त्यसमा ८० प्रतिशत जति युवती छन्। सरकारले घरेलु कामदार हैसियतमा काममा जानका लागि कुवेत, साउदी अरेबियालगायतका मुलुकमा जानका लागि प्रतिबन्ध लगाएपनि दिनहुजसो खाडीका ती मुलुकमा युवतीहरु जाने गरेका छन्। रोजगार बिभागले कुवेत, साउदी, कतारसहितका खाडी मुलुकमा घरेलु कामदार पठाउन श्रम अनुमती दिएको छैन। पहिलोपटक कुवेतमा नेपाली दुतावास खुल्न लागेकोमा रुपवतीले यो निर्णयलाई ‘राम्रै कुरा हो’ भनेपनि त्यहाँ दुतावासले काम सुरु गर्नुअघि कुवेतमा नेपाली चेलीबेटी पठाउने कि नपठाउने दह्ो निर्णय गर्नु जरुरी रहेको बताइन्। आफू जेलमा बस्दा कुवेतस्थित नेपाली हकहितमा काम गर्ने मित्र सिंजाली र साउदी अरेबियाको रियादस्थित दुतावासका कर्मचारी पुष्प भट्टराई भेटघाटमा आएको बताइन्। अहिले कुवेत मामिला साउदी अरेबियाको रियादस्थित दुतावासले हेर्दै आएको छ।

‘म चाहन्छु, मलाई यो हविगतमा पुर्‍याउने कुवेतस्थित ती कश्मिरी परिवारले यो सानो छोराको पढाइगुनाइ र भविष्यको रेखदेखको जिम्मा लिइदिए हुन्थ्यो,’रुपवतीको इच्छा थियो—’तर यो छोरोलाई कुवेत फर्काएर मैंले बाँच्नुको अर्थ छैन।’ आफ्ना साथमा फेर्ने एकसरो कपडा पनि नरहेको र सानो छोराको अवस्था पनि उस्तै हालत रहेको उनले सुनाइन्। उनले पौरखी नेपाललगायतका नारी हकहितका संस्थाहरुबाट पनि केही सहयोगको अपेक्षा गरेकी छिन्।
‘हामीले रुपवती र उनको छोरालाई सेल्टर दिने भएका छौं, तर गेष्ट हाउसबाट निकाल्न त्यहाको खर्च बेहोर्ने उपाय खोजिरहेका छौं,’महिला हकहितमा काम गर्ने पौरखी नेपाल संस्थाकी निर्जला भट्टराईले भनिन्। रुपवतीले आफूबाट छोरो अलग्याएर बाँच्न नसक्ने बताउदै आमा–छोरा दुबैलाई एकसाथ उद्वार सहयोग गरिदिन आग्रह गरेको निर्जलाले सुनाइन् ।
 ( मेरो संसारबाट सावर)

बिजया दशमी तथा दीपावलीको उपलक्ष्यमा भलिवल प्रतियोगिता सम्पन्न  
बिजया दशमी तथा दीपावली २०६६ को उपलक्ष्यमा नेपाल-माल्दिभ्स मैत्री समाज माल्दिभ्सले भलिवल प्रतियोगिता सम्पन्न गरेको छ।   भलिवल प्रतियोगितामा माल्दिभ्सका बिभिन्न कम्पनिहरुमा कार्यरत नेपालीहरूले भाग लियका थीय।  जसमा ६ टीमको सहभागिता थियो।  प्रतियोगीता माल्दिभ्सको राजधानी मालेमा सम्पन्न भयको थियो।  माले इन्टर्नेशनल  इयरपोर्टमा  कार्यरत नेपालीहरुको टीम च्याम्पियन बन्न सफल भयको थियो भने फर्स्ट रनर बन्न सफल बनेको थियो मालेमा कार्यरत नेपालीहरुको टीम। भलिवल प्रतियोगिता सकिय लगतै पुरस्कार बितरणको  कार्यक्रम गरियको थियो। कार्यक्रम समाजका सह-सचिब श्री नेत्र प्रसाद शर्माले संचालन गर्नु भयको थियो। उहाले प्रतियोगिता सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण मित्रहरुमा धन्यबाद दिनुका साथै नजिकै आइरहेको बिजया दशमी तथा दिपावलिको शुभकामना ब्यक्त गर्दै प्रतियोगिता संचालन गर्दा देखियका कमी कमाजोरिहरू सुधार गर्दै आफुहरू अगाडी बढ़ने र आगामी दिनहरुमा हुने कार्यक्रमहरुमा नेपालीहरुको अझ बढ़ी   उत्साहजनक सहभागिता र सहयोगको अपक्षा गर्नु भयको थियो।  
प्रतियोगितामा फर्स्ट रनर र च्याम्पियन टीमलाइ समाजका अध्यक्ष श्री बालाकृष्ण अधिकारीले पुरस्कार, शील्ड तथा प्रमाण पत्र बितरण गर्नु भयको थियो। उहाले संपूर्ण नेपालिहरुमा बिजया दशमी तथा दिपावालिको शुभकामना दिनुहुदै आगामी दिनहरुमा हुने यस्ता कार्यक्रमहरुमा पनि सबैको उपस्थिति र सहयोगको अपेक्षा गर्नुभयको थियो। कार्यक्रममा च्याम्पियन टीमका टीम क्याप्टेन श्री चित्रराज पौडेलले आयोजकलाई धन्यबाद दिनुहुदै सम्पूर्णमा दशैं तथा दीपावलीको शुभकामना ब्यक्त गर्नु भयको थियो।     
  
 
नेपाल-माल्दिभ्स मैत्री समाजको दोस्रो साधारण सभा सम्पन्न
२२ अगष्ट २००९ / नेपाल-माल्दिभ्स मैत्री समाजको दोस्रो साधारण सभा हालै मल्दिभ्सको राजधानी मालेमा ९ सदस्यिय कार्य समिती पुनर्गठन गर्दै  सम्पन्न भयको छ। जसअनुसार अध्यक्षमा बालाकृष्ण अधिकारी, उपाध्यक्षमा होम बहादुर गुरुङ, सचिबमा रघुनाथ भट्टराई, सह-साचिबमा नेत्र प्रसाद शर्मा, कोषाध्यक्षमा कुलचन्द्र वस्ती र सदस्यहरुमा धन कुमारी जिसी, जानुका ढुङ्गाना, दिपक अधिकारी र बिकास गुरुङलाई चयन गरेको छ  भने सल्लाहकारहरुमा चित्रराज पौडेल, इभाना लोहार, मेघनाथ भुसाल, कृष्ण चालिसे र बुद्दी प्रसाद सुबेदी हुनुहुन्छ। साथै बिगतका दिनहरुमा जस्तै स्मारिका प्रकाशनलाई निरन्तरता दिनको लागि स्मारिका प्रकाशन समिति गठन गरियको छ जसमा रघुनाथ भट्टराई, नेत्र प्रसाद शर्मा, देबेन्द्र चलिसे, धन कुमारी जिसी र इभाना लोहार हुनुहुन्छ भने खेलकुदका कार्यक्रमहरुलाई अगाडि बढाउनको लागि गौतम बम्जन र दिपक अधिकारी रहनुभयको दुई सदस्यिय खेलकुद समिती गठन गरियको छ। जुन समितिले बिजया दशमीको उपलक्ष्यमा सेप्टेम्बर २५ देखी भलिबल प्रतियोगिताको आयोजना गर्ने भयको छ। 
 

खाडी मुलुक अन्तर्गत साउदी अरेवियामा सूचना तथा संचारको अवस्था
परापुर्ब काल देखी नै मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जाने क्रम जारी छ । त्यसै गरी विभिन्न बहनामा विदेश जाने नेपालीहरु पनि कम छैनन् । गरिविको रेखामुनी रहेका नेपालीहरुका गच्छ अनुसार बैदेशिक रोजगारीको लागि खाडी मुलुकहरु एक महत्वपुर्ण गन्तब्य स्थान हो । भौगोलीक दृष्टिकोणले हेर्ने हो भने पनि खाडी देशहरु मध्ये साउदी अरेविया क्षेत्रफलको आधारमा सबै भन्दा ठूलो क्षेत्रफल ओगटेको देश हो । यहाँ कहिले देखि नेपालीहरु रोजगारीको लागी आउन थालेको भन्ने रेकर्ड नभएता पनि सन २००२, २००३ देखी नेपालीहरुको चाप बढेको पाईन्छ ।
खाडी मुलुकहरुमा यति नै नेपालीहरुले आफ्नो परिश्रम बेचीरहेका छन् भनि एकीन गर्न नसकियता पनि साउदी अरेवियामा करिव ४ लाख ५० हजारको हाराहरीमा नेपालीहरु रहेको अनुमान गरिन्छ तत्कालीन सरकारले नेपाली महिलाहरुलाई खाडी क्षेत्रमा बैदेशिक रोजगारीको लागी पठाउन बन्देज लगाए पनि भारत तथा बंगलादेशको बाटो हुदै यी देशहरुमा आईपुगेका करिब ५० हजारको हाराहारीमा नेपाली दिदी बहिनीहरु रहेको अनुमान गर्न सकिन्छ ।
नेपाल सरकारको बैदेशिक रोजगार सम्बन्धी ठोस निती नियम नहुनु स्थिर सरकार नहुनु केही म्यान पावरहरुको लापर्वाहि स्टाफको कमिले गर्दा एम्बेसीको ढिला सुस्ती कामदारहरुको अनुभबको कमी शिक्षाको कमजोरी नेपालमा गरेको सम्झौता यहाँ लागु नहुनु कम्पनीले बेलामा तलब नदिनु देशमा असमान परिस्थितीहुनु आदीले गर्दा कम्पनी छाडी भागेर काम गर्ने नेपालीहरुको संख्या साउदी अरेवियामा करिब असि हजार नाघी सकेको छ । यस समस्यालाई बेलैमा सम्बन्धीत निकायले ध्यान नदिने हो भने भविश्यमा यसले विकराल रुप नलिएला भन्न सकिन्न ।
२००३ भन्दा पहिले खाडीराष्ट्रहरु मध्य साउदी अरेवियामा सुचना तथा संचारको लागी रियादबाट एक दुइ ओटा साप्ताहिक पत्रिका र दमामबाट एक मासिक पत्रीका निस्कन्थ्यो भन्दा फरक नपर्ला । सुचना तथा संचारको मुख्य श्रोत भनेकै टेलीफोन चिठी पत्र तथा वि वि सी नेपाली सेवा थियो । अहिले यहाँ समयले फड्को मारी सकेको छ । यस देशमा अहिले सुचना तथा संचारको लागी विभिन्न माध्यमहरु भैसकेको छ । तर यस देशको आपनै कानुन र रितिथिती भएकोले यि सबै गर्न यहाँ छुट छैन । जब मानिसहरुमा चेतना बढ्दै गयो समस्याहरु दिन प्रतिदीन बढ्दै गए तब ति समस्याहरुलाई समाधान र आ-आपना जिल्ला तथा क्षेत्रहरुको समस्या तथा भेटघाटको लागी र आपत विपत परेको बेलामा सहयोग गर्नको लागी भनेर यहाँ विभिन्न संघ संगठन सम्पर्क माचहरु नखोलीएका होईनन् । तर यस देशको नियम कानुन भन्दा बाहिर रहेर जोखिम पुर्ण तरिकाले काम गरि रहनु परेको छ ।
यी देशहरुमा अहिले नेपालीहरु भित्रिने क्रम दिन प्रतिदिन बढ्दो छ र महिलाहरुको पनि विगत केही वर्ष यता यहाँ आउने क्रम तीब्र छ । खाडी राष्ट्रहरु साउदी अरब कतार यू।ए।ई बहराईन कुवेत ईरान आदिमध्येमा सबैभन्दा धेरै नेपालीहरु साउदी अरबमा रहेका छन् । आधिकारिक तथ्याङ्क नभए पनि लगभग ४ लाख ५० हजारको हाराहारीमा नेपालीहरु वैदेशिक रोजगारीको लागि साउदी अरब आएका छन् भने करिब २ लाखको हाराहारीमा नेपालीहरु कतारमा छन् त्यसैगरी करिब १ लाख ५० हजारको हाराहारीमा यू।ए।ईमा नेपालीहरु कार्यरत छन् ।
विगत केही वर्ष पहिला प्रवासमा नेपाली सूचनाको माध्यम भनेको केवल वि।वि।सी नेपाली सेवालाई मात्र विश्वसनीय माध्यम लिन सकिन्थ्यो तर अहिले बिस्तारै नेपाली सूचनाको माध्ययले फड्को मारेको छ । साउदी अरेवियामा नेपाली पत्रपत्रिका पढ्न त्यति मात्रमा पाईदैन । यहाँ कहिले देखी पत्रपत्रिका आउन थालेको हो त्यसको रेकर्ड छैन । तर नेपालमा प्रकासीत हुने प्राय सबै मासीक पत्रपत्रिकाहरु यहाँ गोप्य रुपमा पाईन्छ । अन्य देशहरुमा जसरी खुलामखुल्ला साउदी अरेवियामा बेच विखन गर्न बन्देजछ । साउदी अरेवियामा अहिले सबै भन्दा बढी पढ्ने मासीक पत्रिकाहरु मध्ये एक ऐक्यबद्वाता हो । यो पत्रिका सन २००५ बाट सागर श्रेष्ठको सकि्रयतामा साउदी अरेविया प्रबेश गरेको हो।
प्रवासबाट पत्र पत्रिकाहरु प्रकाशन गर्नु अवस्य पनि सजिलो छैन । कम्पनीको कामको बावजुद बचेको समयलाई सदुपयोग गर्नको लागि र पत्रकारिता क्षेत्रमा रुचि भएका नेपालीहरुले साउदी अरेवियाबाट पहिले नेपाली माच मासिक रुपमा प्रकासन हुन्थ्यो यसको निर्देशक श्री तुलसी राम सुबेदी हुनुहुन्थ्यो । १३/१४ अंक प्रकाशन पछि यसको प्रकाशन बन्द भएको छ । त्यसै गरी रियाद बाट ब्रास्ट बुधबार नेपाल सप्ताहिक भन्ने ३/४ ओटा सप्ताहिक पत्रिका प्रकाशन भई रहेको छ । केही पत्रिका विविध कारणले गर्दा अहिले बन्द भएको छ । खोटाङ्ग प्रवासी सेवा समाजले प्रवासी डाईजेष्ट भन्ने मयागेजीन त्रैमासीक रुपमा निकाली रहेकोमा अकिले बन्द भएको छ भने तमु धीं साउदी अरेवियाले पनि आफ्नो मुख पत्र बेलाबेलामा निकाली रहेकाछन ।
२००३ बाट सागर श्रेष्ठको निर्देशन तथा खेम नाथ पौडेलको सम्पादनमा प्रकासीत चौतारी खबर पाक्षिक पत्रिका प्रवासी नेपालीहरु विशेष गरी साउदी अरेवियाका आप्राबासी नेपालीहरुको लागी भाज्याङ्गको चौतारी नै भयो । जुन पत्रिका अहिले चिजकुमार श्रेष्ठको प्रधान सम्पादकत्वमा प्रकाशन भई रहेको छ । समग्रमा भन्नु पर्दा साउदी अरबमा सुचनाकामाध्यमले गति लिएको पनि लगभग त्यहि समय देखिनै हुनुपर्दछ । त्यो भन्दा पहिला साउदीबाट अनलाईन पत्रिकाहरु साचालनमा थिएनन् भन्दा फरक नपर्ला र अनलाईन पत्रिकाहरु साथै अन्य पत्र पत्रिकाहरुमा खाडीराष्ट्रहरु बाट समाचार सम्पे्रसण गर्ने समाचारदाताहरुको पनि अभावनै थियो । अहिले पत्रकारिता क्षेत्रमा दक्षताप्राप्त ब्यक्तिहरु पनि बैदेशिक रोजगारमा आउन थालेपछि यो हदैसम्म अन्त्य भएको छ । सूचनाको माध्ययमले सबैभन्दा छिटो फड्को मार्न सफल भएको खाडी देशहरुमा कतार जहाँबाट साप्ताहिकरुपमा राजधानी र कान्तिपुर कतार संस्करण निरन्तर छापिन्छ त्यस्तै कतारबाटनै नेपालकतार डट् कम् पनि गल्फ देशहरुमा अनलाई पत्रिकामा सायद पहिलो नै हुनुपर्दछ ।

त्यस्तै गरेर साउदी अरबले पनि सूचनाकामाध्यममा छोटो समयमा सगरमाथाको चुचुरोमा पुग्न सफल भएको कुरामा दुईमत नहोला । साउदी अरबबाट सन् 26-Dec-2005 बाट सम्पूर्ण प्रवासी नेपालीहरुको लागि भनेर प्रवासी नेपाली डट् कम www.prabasinepali.com  सागर श्रेष्ठको पहलमा साचालनमा आयो । अहिले पनि यसले निरन्तर सत्य तथ्य प्रवासी समाचारहरुलाई प्रकाशनमा ल्याईराखेको छ ।
त्यस्तै  सन 2006/8/1देखि साउदी अरबबाट अर्को अनलाई पत्रिकानेपालअरब डट् कम्
www.nepalarab.com  चिज कुमार श्रेष्ठको पहलमा संचालनमा आयो । सवै खाडी राष्ट्रका नेपालीहरुलाई लक्षित गरि शुरुवात गरिएको यो अनलाईन पत्रिका विगतदेखि वर्तमानमा आइपुग्दा खाडीका नेपालीहरु लगायत विश्वकै आप्रवासी नेपालीहरुको जमघटको स्थलमा रुपान्तरित भएको छ । अझै पनि यो अनलाईन पत्रिकालाई व्यावसायिक वनाउँन नसकिएको हुँदा सवै नेपालीहरुको सहयोग अपरिहार्य भएको कुरा यस अनलाईनका संस्थापक÷प्रधानसम्पादक चिजकुमार श्रेष्ठ वताउँनुहुन्छ ।
08 Jan 2009 देखी पुर्ण वि क पहाडीको पहलमा
www.yubabahas.com  साचालनमा आएको छ । जसले केहि हदसम्म सुचना आदन प्रदान गरिरहेको छ । अन्य साचारका साधनहरुमा ईभिजन कान्तिपुर ईमेज च्यानल नेपाल १ नेपाली टीभी नेपाली टेलिभिजन यू।sे आदि रहेका छन् । जे जति खाडी राष्ट्रहरुमा सुचनाको मध्यायम भएता पनि ८५ प्रतिशत भन्दा बढी आप्राबासी नेपालीहरु सुचना तथा साचारको क्षेत्रबाट अझै बाचीत भएको पाईन्छ । गल्फ देशहरुमा करिब ३ प्रतिशत मात्र नेपालीहरुले ईमेल तथा ईन्टरनेटको प्रयोग गरेको अनुमान गर्न सकिन्छ ।
स्मरण रहोस साउदी अरबबाटनै अहिले करिब १ दर्जन भन्दा बढी ब्यक्तिगत ब्लग साईटहरु साचालनमा छन् जसले यहाँका समाचारहरु लगायत नेपाली साहित्यलाई टेवा पुर्याइरहेको छ ।
खाडी मुलुकहरुमा सबैभन्दा धेरै नेपाली कार्यक्रमहरु हुने देश यू।ए।ई नै पर्दछ । नेपाली कला संस्कृतिको जगेर्ना गर्दै विभिन्न जातीय संघसस्थाहरुले आ-आफ्नै धर्म संस्कृतिका चाड पर्वहरुमा तिनै चाड पर्वहरु सम्बन्धी कार्यक्रमहरु गर्ने गरेको पाईन्छ भने व्यावसायिक रुपमा पनि कार्यक्रमहरु गरेको पाईन्छ । तर साउदी अरेवियामा त्यस्ता स्टेज कार्यक्रम गर्न बन्देज छ । तै पनि नवलपरासी सम्पर्क माच तथा लुम्वीनी सम्पर्क माच र अनेसास साउदी अरेवियाले साउदी अरेवियामा पनि स्टेज कार्यक्रम दिदै आईरहेको छ । त्यस्ता कार्यक्रम हरुमा साउदी अरेवियाका एम्बेसीको पनि उपस्थिती रहेको पाईएको छ । यस्ता स्टेज कार्यक्रम गर्नमा श्री कृष्ण प्रसाद शर्मा सुबेदी दिलचन बुढामगर र राजु सैयद अग्र स्थानमा आउदछन । एक पटक साउदी अरेवियाकै ईतिहासमा नेपालबाट कलाकारहरु झिकाई रियादमा दुई शो नेपाली संस्कृतिक कार्यक्रमहरु साचालन गरिएको थियो ।
विदेशमा नेपाली पत्रकारितालाई निरन्तरता दिनु अति जरुरी छ तर यहाँको कानुन अनुसार अधिकाँश पत्रकारहरु र अधिकाँश प्रकाशित पत्रिकाहरु अवैधानिक नै छन् । भोलि यहाँको सरकारले यी प्रकाशित पत्र पत्रिकाहरुलाई अवैधानिक रुपमा प्रकाशन गरेको चाल पायो भने यहाँको कानुन अनुसार सजायँ भोग्नु पर्ने हुन्छ । तसर्थ यहाँ रहेका र यहाँबाट प्रकाशन हुने गरेका पत्रिकाहरु यहाँको सरकारी निकायमा दर्ता गर्नको लागि पहल गर्नु अति जरुरत रहेको देखिन्छ ।
खाडी राष्ट्रहरुमा दिन प्रति दिन नेपालीहरुको चाप बढिरहेको छ र भविष्यमा बढी भन्दा बढी दक्ष जनशक्ति भित्रने अपेक्षा गरिएको छ । जति धेरै नेपालीहरुको आगमन भयो त्यति नै धेरै समस्याहरु बढ्ने गर्दछन् र त्यति नै धेरै सूचनाको माध्यमको आवश्यकता पर्दछ । यहाँ अन्य देशहरुका विभिन्न सूचनाका माध्यमहरु साचालनमा छन् । छिमेकी मुलुक भारतका नागरिकहरुले करिव ५ वटा एफ। एम। यू ए इ मा साचालन गरिराखेका छन् साथै दैनिक पत्रिकाहरु पनि प्रकाशित भइरहेका छन् । नेपालीहरु मात्र सूचनाको माध्यममा केही टाढा रहेका छन् । अनलाईन पत्रिकाहरुसँगैभविष्यमा पि्रन्टिङ्ग पत्रिका र एफ।एम। रेडियोलाई पनि प्राथमिकता दिने हो भने निश्चय नै नेपालीहरु पनि सूचनाको क्षेत्रमा अगाडि आइसाचार माध्यममा रोजगारीको अवसर पाउने थिए । यस विषयमा सम्बन्धीत निकायले ध्यान दिन अत्यन्त जरुरी देखिन्छ ।
नोट : लेखक खाडी मुलुक साउदी अरेवियामा प्रबेश गरेदेखीनै पत्रकारीता क्षेत्रमा लागी पर्नु भई सूचना तथा साचार क्षेत्रमा लागी परिरहुभएको छ । अहिले एनआरएन आईसीसी मिडिया टास्कफोस्रमा पनि हुनुहुन्छ।
 
सागर श्रेष्ठ
ई मेल
info@prabasinepali.com, dear_sagars@yahoo.com
फोन नं : ००९६६ ५६२८८९१८४

 माल्दिभ्समा नयाँ बर्ष हर्सोल्लासका साथ मनाइयो

माल्दिभ्स / २८ चैत्र २०६५ / नबबर्ष २०६६ सालको उपलक्ष्यमा नेपाल-माल्दिभ्स मैत्री समाजले यक भब्य पिकनिक कार्यक्रमको आयोजना गरी नबबर्ष मनायको छ। उक्त कार्यक्रम माल्दिभ्सको राजधनि मालेबाट झन्डै १:३० घण्टाको दुरिमा अबस्थित बडोहुरा नामको टापुमा सम्पन्न गरीयको थियो। कार्यक्रम माल्दिभ्समा कार्यरत जेष्ट नागरिक श्री भुबन गुरुङको अध्यक्ष्यतामा तथा समाजका सचिब श्री रघुनाथ भट्टराईले सन्चालन गर्नु भयको थियो। पिकनिक कार्यक्रमको लागि आबस्यक स्थान, म्युजिक सिस्टम तथा अन्य आबस्यक सर-सामानको ब्यबस्था फोर-सिजन रिसोर्टमा कार्यरत नेपाली साथीहरुले गर्नु भयको थियो।
यातायातको बन्दोबस्ती समाजका सल्लाहकार श्री चित्रराज पौडेलले गर्नु भयको थियो। कार्यक्रमलाई रोचक बनाउन श्री चित्रराज पौडेल र य पि शेर्पाको सम्योजकत्व तथा श्री टिकाराम रेग्मिको सहयोगमा भलिबल प्रतियोगिता र कुमारी जि सि को सम्योजकत्वमा घैटो पुटाउने प्रतियोगित सम्पन्न गरियको थियो। 
त्यस्तै साहित्यप्रेमीहरुको लागि साहित्य-श्रीजना तथा शुभ-कामना कार्यक्रम श्री नेत्र प्रसाद शर्माको सम्योजकत्वमा सम्पन्न गरियो। उहाले सम्पूर्ण नेपालीमा नबबर्षको शुभकामना दिनुको साथै यक ब्यङ्यात्मक तथा चेतनामुलक कबिता बाचन गर्नु भयको थियो।
कार्यक्रममा सल्लाहकार इभाना लोहारले सम्पूर्णमा नबबर्षको शुभकामना दिनुभयको थियो भने कार्यक्रममा बोल्दै झुमा घलेले सम्पूर्ण नारिहरुलाई सचेत हुन सलाह दिनुभयको थियो। सचिब रघुनाथ भट्टराई र कार्यक्रमका अध्यक्ष श्री भुबन गुरुङले सम्पूर्णमा सहयोगको लागि धन्यवाद तथा नबबर्षको शुभ कामना दिदै आगामी दिनहरुमा पनि सबै को सहयोगको अपेक्ष्या गर्नु भयको थियो।

Make a Free Website with Yola.